बिरेन्द्र खड्का
गाईघाट,२२ फागुन उदयपुरको रौतामाई गाउँपालिका वडा नं.२ भुट्टार ५१ सुचक पूरा गर्दै फागुन १८ गते बालमैत्री वडा घोषणा गरिएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अथिती तथा पुर्व सहरी बिकास राज्यमन्त्री मन्जु कुमारी चौधरीले ब्यानर पढेर कार्यक्रमको उद्धघाटन गर्नका साथै बालमैत्री वडाको घोषण पत्र पढेर बालमैत्री वडा भएको घोषणा गर्नु थियो ।
कार्यक्रममा रौतामाई गाउँपालिका उदयपुरको अध्यक्ष,उपाध्यक्ष अन्य वडाका वडा अध्यक्ष, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल पुर्वी कार्यलय बर्दिवासको प्रमुख बिनय अमात्य, जाल्पाको अध्यक्ष पुष्पराज पोखरेल लगाएत एक दर्जन अतिथिले शुभकामना व्यक्त गर्नु भएको थियो ।
वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको सहयोगमा बालमैत्री वडा घोषणाको सुचकहरु पुरा गरि घोषण गरिएको वडा बाल अधिकार समितिका संयोजक खबिन्द्र रास्कोटीले जानकारी दिनुभयो ।
उहाँले उदयपुरमा यस अघि नै २ वटा वडा बालमैत्री वडा घोषणा भईसकेको र भुट्टार रौतामाई गाउँपालिकाको पहिलो बालमैत्री वडा घोषण भएको जानकारी गराउदै वडालाई घोषणका लागि सहयोग गर्नुहुने सम्पुणर् संस्था र अन्य सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले २०८१ साल सम्म पालिका नै बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य लिएको र वडा नं. २ ले शुरूवातमा धन्यवाद दिनुभयो ।
सो अवसरमा वालमैत्री स्थानीय शासनका आधारभुत सुचकहरु पुरा गरि वडालाई बालमैत्री वडा घोषणा गर्ने अभियानमा महत्वपुणर् सहयोग गरेको भन्दै जाल्पा एकीकृत बिकास समाज उदयपुर, वल्डभिजन, स्थानीय आमा समुह, विद्यालय तथा बाल सञ्जाल लगायतलाई सम्मान समेत गरिएको थियो ।