‘माइतीघर २’ का निर्देशकको निधन

‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा निधन भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि फिल्मको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना संक्रमण भएपछि गत चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा निधन भएको हो । 

प्राप्त जानकारी अनुसार, निर्देशक चोपडाको पिताको पनि कोरोनाका कारण निधन भइसकेको छ । उनी फिल्मको तयारीका लागि यही बैशाख १६ गते नेपाल आउने तयारीमा थिए । तर, त्यही बेला कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । ‘माइतीघर २’ को कथा उनी स्वयंले लेखेका हुन् । निर्देशक चोपडाको निधनप्रति अनमोल केसीले गहिरो दुःख व्यक्त गरेका छन् । 

उनले लेखेका छन्, ‘मेरो नयाँ प्रोजेक्ट ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडा सर हामीबीच रहनु भएन । मलाई अझै पनि तपाईंको हँसिलो र प्रतिभाशाली दिमाग याद छ । तपाईं हामीबीच नभए पनि तपाईंको काम सधैं जीवित रहनेछ । तपाईंको सपना वास्तविकतामा बदल्न सुपर काजल फिल्म्स पूरै कोशिश गर्नेछ ।’ चोपडाले फिल्मका लागि दुईवटा गीत रेकर्ड गराइसकेका थिए ।  

सुबोध सन् १९९७ देखि फिल्ममा सक्रिय थिए । स्क्रिप्ट राइटरको रुपमा करिअर सुरु गरेका उनले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ लगायत थुप्रै बलिउड फिल्मको स्क्रिप्ट लेखनमा सघाएका छन् । भुवन केसीको निर्माणमा बन्न लागेको फिल्म ‘माइतीघर २’ बाट उनले निर्देशनमा डेब्यू गर्न लागेका थिए । तर, उनको यो सपना अधुरै रह्यो । बुझिए अनुसार, उनकी आमा नेपाली मुलकी हुन् । 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने