मेहन्दी क्याम्पियन मार्फत जनचेतना जगाउदै किशोरकिशोरीहरु

स—साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको हात मेहेन्दीले सजिएको देख्न पाइन्छ। साउन लागेलगत्तै महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ।

नेपालमा बढ्दै आएको मेहन्दी आकर्षणले हाल नेपालको शहरी क्षेत्रमात्र नभइ ग्रामीण भेगहरुमा समेत मेहन्दीको आकर्षण बढिरहेको देखिन्छ ।
सामान्यतया विवाह ब्रतवन्ध, साउन महिना तिजलगायतका पर्वहरुमा अनिवार्य जस्तै प्रयोगमा आएको मेहन्दी मार्फत अहिले उदयपुरको रौतामाई गाउँपालिकाका किशोरकिशोरीहरुले विभिन्न जनचेतना मुलक सन्देशहरु प्रवाह गर्दै आएका छन ।

मेहन्दी मार्फत बाल विवाह न्युनिकरण, मर्यादित महिनावारी,बाल श्रमशोषण जस्ता विषयमा सन्देश प्रवाह गरे संगै पछिल्लो समयमा साना बालिका र किशोरीहरुले मेहेन्दी लगाउने क्रेज बढ्दो छ।

धार्मिक तथा वैज्ञानिक तथ्यलाई आत्मसाथ गर्दै बालबालिक तथा किशोरकिशोरीहरुको संरक्षणका सवालहरु र अन्य विभिन्न समसामयिक सवालमा मेहन्दी क्याम्पियन मार्फत जनचेतना जगाउदै आएको मकालु किशोरकिशोरी समुहकी साथी सहजकर्ता फुल कुमारी मगरले वताइन ।

उनले यस्ता अभियानहरु गतवर्ष कोभिडको समय देखि संचालन गर्र्दै आएको बताईन । रौतामाई गाउँपालिकाको ८वटै वडामा भएका विभिन्न किशोरकिशोरी समुहहरुले सामाजिक संचाल मार्फत बालबालिका तथा किशोरकिशोरी संरक्षणका सवाल लगायत अन्य समसामयिक विषयमा पोष्टर तथा भिडियो क्याम्पियन संचालन गर्दै आएकाएको उनको भनाइ छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने