म्याग्दीको बेनीमा भीषण आगलागी: दुईवटा पसल जले, लाखौंको क्षति

म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा भीषण आगलागी भएको छ । आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने मानवीय क्षति नभएपनि लाखौंको धन सम्पत्ति जलेर नष्ट भएको छ ।

बेनी नगरपालिका ८ स्थित न्यूरोडको रघुगंगा डेरी र नयन स्टोर्स रहेको जस्तापाताले छाएको एकतले घरमा रहेका दुईवटा पसलमा आगोलागी भएको हो ।

घर स्थानीय सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । सोही घरका दुईवटा सटरमा रघुगंगा डेरी र नयन स्टोर्सले भाडा तिरेर पसल संचालन गरेका थिए । आगलागीबाट दुवै पसलमा क्षति पुगेको छ । डेरी पसलबाट सल्केको आगलागी संगै जोडिएको नयन स्टोर्समा पुगेको थियो ।

आगलागी भएको केही बेरमा नै प्रहरीले दमकलको साहयतामा आगलागी नियन्त्रणमा लिएको थियो । अहिले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लाखौं बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले बताउनुभयो । आगलागी हुँदा ग्यास शिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो ।

शर्माले दिएको जानकारी अनुसार सुरुमा डेरी पसलमा आगलागी भएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने