युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २–० ले र युक्रेनले स्वीडेनलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए ।
साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ । इंग्ल्याण्डले अब क्वाटरफाइनलमा युक्रेनसँगै खेल्नेछ ।
यस्तै यसअघि नै अन्य तीन क्वाटरफाइनल खेलको समीकरण तय भइसकेको छ । जसमा बेल्जियमले इटलीसँग खेल्नेछ भने स्विट्जरल्याण्डले स्पेनसँग खेल्नेछ ।
यस्तै, चेक रिपब्लिक र डेनमार्कबीच अर्को क्वाटरफाइनल खेल हुनेछ ।
क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ।
अर्कोतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्को सेमिफाइनल खल्नेछन् ।
साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन् ।
क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।
क्वाटरफाइनल खेल मिति, समय र स्थान
स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते ), ९ : ४५ बजे ( सेन्ट पिटर्सवर्ग, रुस )
बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते ), १२ : ४५ बजे ( म्युनिक, जर्मनी )
चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते ), ९ : ४५ बजे ( बाकु, अजरवैजान )
युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते ), १२ : ४५ बजे ( रोम, इटली )