युरोकप फुटबलमा नेदरल्यान्डस् विजयी

युरोकप फुटबलमा नेदरल्यान्डस्ले युक्रेनलाई ३–२ ले हराएको छ । एम्स्टरड्याममा भएको प्रतिस्पर्धात्मक खेलमा सबै पाँच गोल दोस्रो हाफमा भए । पहिलो हाफमा घरेलु टोली नेदरल्यान्डस्ले १० र युक्रेनले ४ वटा प्रहार गरेपनि गोल हुन सकेन । ५२ औं मिनेटमा जर्जिनियो विज्नाल्डुमले डेन्जिल डुमफ्राईसको पासमा गोल गर्दै नेदरल्यान्डस्लाई अग्रता दिलाए ।

५८ औं मिनेटमा वाउट बिघ्रोस्टले गोल गर्दै अग्रता दोब्बर पारे । युक्रेनबाट कप्तान आन्द्रेई यार्मोलेन्कोले ७५ औं मिनेटमा शानदार गोल फर्काए । त्यसको चार मिनेटलगत्तै रोमन यारेमचुकले गोल गर्दा खेल २–२ को बराबरीमा पुग्यो । तर, दुबै टोलीको आक्रमण यसपछि पनि रोकिएन । ८५ औं मिनेटमा नेदरल्यान्डस्का लागि डेन्जेल डुमफ्राइसले निर्णायक गोल गरे ।

जीतपछि नेदरल्यान्डस्ले ३ अंक बटुलेको छ । आइतबारको खेलमा उत्तरी मेसिडोनियालाई ३–१ ले हराएको अस्ट्रिया गोलअन्तरमा नेदरल्यान्डस्भन्दा अगाडि छ । अस्ट्रियालाई स्टेफान लैनिरले १८ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, गोरान पान्डेभले उत्तरी मेसिडोनियाबाट २८ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको अन्त्यतिर अस्ट्रियाले दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पा¥यो । माइकल ग्रेगोरिस्टिचले ७८ र मार्को अर्नाउटोभिकले ८९ मिनेटमा गोल गरे ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने