युवा तथा किशोरकिशोरीमैत्री स्थानीय शासन सम्बन्धी क्षमता अभिवृद्दि कार्यक्रम रौतामाई गाउँपालिकामा २० बुँदे कार्ययोजना निर्माण गर्दै सम्पन्न

रौतामाई गाउँपालिकाको उदयपुरको संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा सरोकारवालाहरुलाई तीन दिने क्षमता अभिवृद्धी कार्यक्रम दरवार माउन्टेन भ्यु रिसोर्ट रौतामा सरोकारवालाहरुको सक्रिय उपस्थितिको साथ सम्पन्न भएको हो।

युवा तथा किशोरकिशोरीमैत्री स्थानीय शासन अभियानलाई कार्यन्वयन गर्न देशका सात वटै प्रदेशका एकरएक स्थानीय तहको छनौट गरीएको हुदा रौतामाई गाउँपालिका प्रदेश न १ को स्थानीय तहको रुपमा छनौट भएको हो । उक्त कार्यक्रममा रौतामाई गाउँपालिकाको जनप्रतिनिधी, कर्मचारी र संघसंस्थाको प्रतिनिधि, युवा तथा बालबालिकाहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको आयोजक जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए।

कार्यक्रममा युवाको समग्र विकासको लागि निर्णय तहमा अर्थपुर्ण सहभागिता, युवामैत्री स्थानीय शासनको अवलम्वन, कार्यान्वयन, घोषणा र दिगोपनाका लागि  गाउँपालिकामा आवश्यक कार्यविधि तयार गरी संरचना निर्माण तथा स्रोतको निर्धारण गर्ने गरी अभियान संचालन गर्नको लागि बालबालिका र किशोरकिशोरीको क्षेत्रमा काम गरि रहेका अभियन्ता बिरेन्द्र खड्काको संयोजकत्वमा ७ सदस्यीय सहयोगी समूह पनि बनाईएको छ, उक्त समुहका संयोजकले रौतामाई गाउँपालिकालाई प्रदेश न १ को पहिलो युवा तथा किशोर किशोरी मैत्री स्थानीय तह निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

चाडै नै स्थानीय तहम युवाका सवालहरुलाई सम्बोधन गर्नको लागि कार्यपालिकाअन्तर्गतको सम्बन्धित समिती निर्माण गर्ने , विषयगत शाखा अन्तर्गत युवा तथा किशोरकिशोरीमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति तोक्ने र युवाहरूको हरुको विशिष्टकृत र खण्डीकृत तथ्थाङ्क सहितको प्रोफाइल तयार गर्ने, साझासवालहरु रोजगारी, उद्यमशिलता, खेलकुद, शिक्षा, स्वास्थ्य, शिक्षा, अनलाइन सुरक्षाका लागि अभियान संचालन गर्ने रौतामाई गाउँपालिका शिक्षा युवा तथा खेलाकुद शाखा प्रमुख गोबिन्द कार्कीले प्रतिवद्धता
जनाउनु भयो ।
कार्यक्रमको उद्घाटनमा बोल्दै उपाध्यक्ष भुपेन्द्र बहादुर थापाले  युवाहरुको जोस जाँगर उपयोग गर्दै नेतृत्व विकास र युवाहरुको उधमशिलता, खेलकुद , शिक्षा लगायत समग्र विकासमा गाउँपालिकाले ध्यान केन्द्रित गर्ने बताए।

युवामैत्री शासन सञ्चालन सम्बन्धि नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता, दिगो विकासका लक्ष्य, संविधानले निदृष्ट गरेका व्यवस्था लगायतका सवालमा गरिएका प्रतिवद्दतालाई टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए।
युवा तथा किशोरकिशोरीमैत्री स्थानीय शासन पूरा हुन ७ रणनीति, ४६ कार्यनीति र ४५ सूचक पूरा गर्नु पर्ने हुन्छ, उक्त सुचकहरु पूरा गरि आगामी ३(५ बर्षमा रौतामाईलाई युवामैत्री स्थानीय तह बनाउन समग्र गाउँपालिका लाग्ने ह्य्दा आबस्यक सहयोग र सहकार्य गर्न आग्रह गर्दै अध्यक्ष बिरेन्द्र कुमार मगरले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

त्यसैगरी युथभिजन २०२५ तथा दश वर्षे रणनीतिक योजनाले गुणस्तरिय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशिलता र सिपविकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्वविकास तथा खेलकुद र मनोरन्जनका शीर्षकअन्तर्गतका पाँच स्तम्भहरु तय गरेको छ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने