रबिन खड्काको समसामयिक ५ मुक्तकहरु

रबिन खड्का
खोटेहाङ गाउँ पालिका,रमाइलो

गाई मारेर गधा पोसेपछी गहुँतमा विस्वास गर्छ
कम्युनिस्ट भन्ने मान्छे छुवाछूतमा विस्वास गर्छ
किन हो ! यहाँ पढाई, भोगाइ अर्कै व्यबहार अर्कै छ
विज्ञान पढेको मेरो छोरो पनि भूतमा विस्वास गर्छ।

लाग्छ दुनियाँको धारे हातमा बाँचेको छैन
निमुखाको बिपत्तिमा कहिल्यै नाचेको छैन
खाली हात आइयो, खाली हातै जाने हो
तपाईँले जस्तो झोलाभरी टिलो साँचेको छैन ।

दु:ख साह्रै महँगो होलान् सुखहरू सस्तो होला
कि खुशी नै खुशीले भरिएको ठाउँ जस्तो होला
पुगेर आउने कोहि भेटे सोधेर ढुक्क हुने थिएँ
हैन, यो स्वर्ग भन्ने ठाउँ साच्चिकै कस्तो होला

बुझ्नेहरूका लागि पक्कै त्यो नर्कमा पनि केही छ
भन्छन् पापीहरूको लागि सुधार गृह पनि तेहिँ छ
हे ! सन्तोष परम् सुखम् धनम् जप्नेहरू हो सुन !
ऐस आराममा बाँच्नेहरूलाई स्वर्ग पनि यहीँ छ

मुहारमा चमक धमक ल्याउन खै केके जाति घस्ता हुन
ती रुपक रुपसीहरू खै के सोचेर मख्ख परि बस्ता हुन
वास्तविकता बुझेको दिन के गर्दा, के सोच्दा हुन झनै
मान्छेका यी रुप र बैँश भनेका पनि पाहुना जस्ता हुन

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने