राज्यद्धारा प्रदान गरिने सेवा सुविधामा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

उदयपुर। गैसस महासंघ, उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिक,उदयपुर, जाल्पा एकिकृत विकास समाज शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल,उदयपुर र ओरेक,उदयपुरको समन्वय सहकार्यमा ३१ औं लैगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित राज्यद्धारा प्रदान गरिने सेवा सुविधामा पहुँच विषयक एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गैसस महासंघ,उदयपुरको सचिव सन्तोष बस्नेतको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा त्रियुगा नगरपालिकाको उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यता,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको विशेष आतिथ्यता,जिल्ला प्रहरी कार्यालय प्रमुख ज्ञानेन्द्र फुयाल,सशस्त्र प्रहरी कार्यालयको प्रहरी निरिक्षक महेश विक्रम के.सि, गैसस महासंघ प्रदेश नं. १ का सचिव सुमन परियार , एनसिई जिल्ला समन्वय समिति, उदयपुर अध्यक्ष पुष्पराज पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ओरेक उदयपुरको कार्यक्रम अधिकृत बाला कार्कीले राज्यद्धारा प्रदान गरिने सेवा सुविधामा पहुँच विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा राज्यद्धारा प्रदान गरिने सेवा सुविधामा नगरिको वर्तमान पहुचको अवस्था राज्यद्धारा प्रदान प्रदान गरिने सेवाहमा पहुचमा भएको चुनैतिहरु र राज्यद्धारा प्रदान गरिने सेवाहमा पहुचमा देखिएका सम्भावनाहरु लगाएतका कुराहरु उल्लेख गरिएको थियो ।

कार्यक्रममा भनाई राख्दै सदा समुदायका मिश्रीलाल सदाले आफ्नो समुदायका सम्पुर्ण सदस्यहरुले राज्यले उपलब्ध गराउने सेवा सुविधाको विषयमा जनाकारी नभको साथै सदा समुदायमा अझै पनि विभिन्न बाहानामा हिंसाका घटनाहरु हुने गरेको भएता पनि सम्वन्धित निकायमा दर्ता हुन नसकेको जनाकारी गराउनभयो । सदा समुदायको जीवनस्तर उकास्न राज्यद्धारा प्रदान गरिने सेवाको बारे्कमा जनाकारी गराउदै विभिन्न सिपमुलक तालिम संचालन गर्नु पर्ने बताउनुभयो ।

सामुदायिक रेडियो उदयपुर संचालक बन्दना दनुवारले राज्यद्धारा प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन भएको भएता पनि बास्तविक समुदायको पहुँचमा अझै पनि पुग्न नसकेको र राज्यले निशुल्क रुपमा उपलब्ध गराने शेवामा पनि जिल्लामा पछाडी परेको समुदायले अझै पनि सेवाशुल्क वापतको रकम भुक्तानी गरिरहेको अवस्था रहेकोले त्यस्ता समस्याको सामधानमा राज्यले बस्तिस्तरमा गई राज्यद्धारा प्रदान गरिने सेवा सुविधाको विषयमा जानकारी गराउन आवस्यक रहेको वताउनुभयो ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय,उदयपुर प्रमुख ज्ञानेन्द्र फुयालले जिल्ला प्रहरी कार्यालय उदयपुरले लैंगिक मुद्धालाई उच्च प्राथमिकतामा राखेर समस्या सामधानमा काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले कार्यालयमा विभिन्न विषयका घटनाहरु दर्ता भईरहेको भएता पनि समुदायमा घट्ने सम्पुर्ण घटनाहरु राज्यको कानुनी अनविज्ञताको कारण दर्ताहुन नसकेको बताउनु भयो । उहाँले आफ्नो कार्यालयमा दर्ता भएको घटनाहरु राज्यको नीति,कानुनले उल्लेख गरेअनुसार सामधान गर्ने गरेको वताउनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने