गाईघाटको कोहबर होटलमा संञ्चालित १० दिने किशोरकिशोरी तालिम शुक्रबार सम्पन्न भएको छ । जाल्पा एकिकृत विकास समाज उदयपुरको आयोजनामा ७ गते बाट सुरु भएको तालिम एक कार्यक्रमको बिच समापन गरिएको छ । तालिममा रौतामाई गाउँपालिकाका ३२ जना किशोरकिशोरिहरु सहभागि थिए ।
जाल्पाको कार्यसमिति सदस्य कमला बस्नेतले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा वर्ल्डभिजनका जनसम्पर्क विशेषज्ञ प्रमिल अधिकारी, वर्ल्डभिजनका कर्मचारी आनन्द खड्का लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य सहजीकरण बिन्जु बरालले गर्नु व्हाएको थियो भनि अन्य १० जना रौतामाई लगायत मधेश प्रदेशको सहजकर्ताहरुले सहजीकरण गर्नु भएको थियो ।
तालिम प्राप्त किशोरीहरुले आफ्नो स्थानमा रहेको अन्य किशोरकिशोरीहरुलाई पनि यस बिषयमा ज्ञान दिनु पर्ने र सक्षम विकास बारे चेतनाको अभियान चलाउन टेवा पुग्ने गरी तालिमको आयोजना गरिएको जाल्पको सदस्य कमला बस्नेतले बताउनुभयो ।
किशोरावस्थालाई राम्ररी बुझेर उपयोग गर्नसके उनीहरु मात्र नभएर समाज र देशकै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ रुपान्तरण प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको बस्नेतले जानकारी गराउनुभयो । तालिमले किशोरावस्थाको महत्व, गर्न सकिने काम र प्राप्त हुने सफलता, भविष्यमा गर्ने दिसानिर्देशलगायत बिभिन्न कुराबारे आँखा खुलाएको तालिमको सहभागी बिमला राईले बताउनुभयो । अभिभावक, साथीभाई र समाजबाट हुने उपेक्षा, दुर्व्यवहार, विभेद र हिंसाविरूद्ध लड्दै जीवनोपयोगी सीप सिकाउन वर्ल्डभिजन इन्टरनेशनलको साझेदार जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरको सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिमप्राप्त किशोरकिशोरीले समुदायमा गएर १० देखि १९ वर्ष उमेर समूहका किशोरावस्थाका बालबालिकालाई सिकेको ज्ञान बाँड्नुपर्नेछ । तालिमले ६ सयबढी बालबालिकालाई ज्ञान बाँड्ने अपेक्षा गरिएको छ । बालबालिका किशोरावस्थामा प्रवेश गर्ने उमेर अत्यन्त सम्बेदनसिल भएकाले त्यो अवस्थाको सदुपयोग गर्दै आफू, समाज र राष्ट्रलाई योगदान पुर्याउँने लक्ष्यले तालिम आयोजना गरिएको हो ।
वर्ल्डभिजनका जनसम्पर्क विशेषज्ञ प्रमिल अधिकारी र तालिम प्रमुख बिन्जु बरालले सहभागीलाई आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिक/सामाजिक समावेशीकरण, किशोरावस्थामा राम्रो बानी, पोषण,बारे प्रशिक्षण दिएको कार्यक्रमको सहभागी दिलिप बलम्पाकीले बताउनुभयो । त्यस्तै सामाजिक गतिबिधिमा नागरिक सहभागिता, खर्च र बचत, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसाविरुद्ध लड्ने उपाय आदि विषयमा पनि सिक्न पाएको बलम्पाकीले जनाउनुभयो ।