रुपान्तरण भनेको मकैको गेडो बाट पिठो होइन, नयाँ घोगा उत्पादन गर्नु हो !

किशोरकिशोरीहरुको समग्र बिकासका लागी ७ दिवसीय जीबन उपयोगी शिप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम कटारी नगरपालिका, ताप्ली र उदयपुरगढी गाउँपालिकाको स्थानिय किशोरकिशोरीहरुको सहभागितामा सोमबार बाट गाईघाटमा सुरु भएको छ ।


जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरको आयोजना, वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोग एवं कटारी नगरपालिका, ताप्ली र उदयपुरगढी गाउँपालिकाको समन्वयमा बाल स्पोन्सरशीप परियोजना अन्तर्गत ७ दिवसीय जीबन उपयोगी शिप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको हो ।
तालिममा कटारी नगरपालिका, ताप्ली र उदयपुरगढी गाउँपालिका का ६ वटा वडाका १६ देखि २० बर्ष उमेरका १२ जना किशोरकिशोरीहरु र जाल्पा एकिकृत बिकास समाज उदयपुरका कर्मचारीहरुको सक्रिय सहभागीता रहनेछ । कोभिड १९ लाई मध्यनजर गर्दै सामान्य अनौपचारीक तरीकाले कार्यक्रमको शुरुवात गरिएको बाल स्पोन्सरशीप परीयोजनाका कर्मचारी गेस बहादुर आलेले जानकारी दिनुभयो । उक्त तालिममा ताप्ली गाउँपालीकाको रुपाटार, ओख्ले, इनामे, लेखगाँउ र उदयपुरगढी गाउपालिकाको तावाश्री र कटारी नगरपालिकाको लिम्पाटारको स्थानिय जनप्रतिनीधि र वडा बाल अधिकार समितीको समन्वयमा छनौट गरीएको किशोरकिशोरीहरु संगसंगै सोही क्षेत्रमा कार्यरत कर्मचारीहरुको पनि सक्रिय भुमिका रहने कुरा आलेले जानकारी दिनुभयो ।


कार्यक्रममा उपस्थित वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको प्रतिनिधि आनन्द खड्काले “समुदाय स्तरमा देखिएको बाल विवाह, हिंसा, विभेद, दुब्र्यवहार जस्ता कुरितीहरुलाई न्युनिकरण गर्न स्थानिय किशोर किशोरीहरु संग शिप भए उनिहरुलेनै न्युनिकरण गर्न सक्नेछन”, तसर्थ समुदायका किशोरकिशोरीहरुलाइ सक्रिय बनाई बिभिन्न अभियानहरु सन्चालन गर्दै असल अभियानकर्ता बनाउने लक्ष्य रहेको बताउनुभयो ।


माघ ९ गते सम्म संचालन हुने तालिममा मुख्य प्रशिक्षकको रुपमा निरज न्युपाने र सहप्रशिक्षकको रुपमा सामना परीयोजना अन्र्तगतका साथी सहजकर्ता फूल कुमारी मगरले प्रशिक्षण दिईरहनुभएको छ । स्थानिय सरोकारवालाहरुको समन्वयमा छनौट गरिएका अगुवा किशोरकिशोरीहरुले तालिम पश्चात स्थानिय स्तरमा अन्य १८० भन्दा बढी किशोरकिशोरीहरुलाई प्रशिक्षण दिनेछन् ।


प्रशिक्षण कार्यक्रममा मेरो संसार, आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिकता र सामाजिक समावेशीकरण, किशोरावस्था, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा लगायतका बिषयमा प्रशिक्षण गराईने साथै बिहान र साँझ आत्मरक्षा सम्बधि शेशन र शारीरिक अभ्यास गराइने मुख्य प्रशिक्षक निरज न्युपानेले जानकारी दिनुभयो । सोही क्रममा सामना परियोजना अन्तर्गत अघिल्लो बर्ष बाट नै बिभिन्न अभियानहरु संचालन गर्दै आएकी साथी सहजकर्ता एबं यस कार्यक्रमको सहप्रशिक्षक फुलकुमारी मगरले “रुपान्तरण भनेको मकैको गेडो बाट पिठो होइन नयाँ घोगा उत्पादन गर्नु हो ” भन्दै आफ्नो अनुभबहरु राख्नु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने