बिरेन्द्र खड्का
रौतामाई गाउँपालिका १ न वडा कार्यालय नामेटारको आयोजनामा २०८० जेष्ठ २३ गतेका दिन ६३ जना बालबालिकाहरुलाई १ जोर स्कुल ड्रेस ५ थान कापी ५ थान डटपेनको दरले बितरण गरि कार्यक्रम सम्पन्न भएको छ ।
रौतामाई गाउँपालिका वडा न १ को विभिन्न बिधालयहरुमा अध्ययन गर्ने अति बिपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्नको लागि नियमित बिधालय आउन सहज बनाउन सामाग्रीहरु बितरण गरिएको वडा सचिब पदम बहादुर कार्किले बताउनु भयो ।
उक्त कार्यक्रम आब २०७९र८० मा रौतामाई गाउँपालिका वडा न १ को बालबालिका लक्षित कार्यक्रम अन्तर्गत ६३ जना बिपन्न बालबालिकाहरुलाई स्कुल ड्रेस, कापी र डटपेन बितरण गरिएको छ साथै आगामी बर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै रौतामाई गाउँपालिका वडा न १ लाई बालमैत्री वडा घोषणा गर्ने योजना रहेको वडा अध्यक्ष रुद्र बहादुर कार्किले बताउनु भयो ।
कार्यक्रममा बिधालयको सिफारिसमा सामाग्रीहरु बितरण गरिएको हो । उक्त कार्यक्रममा वडा अध्यक्ष , वडा सदस्यहरु, शिक्षक अभिभाबक लागायत सरोकारवालाहरुको उपस्तिथि रहेको थियो उक्त सामाग्री बितरण कार्यक्रमको सन्चालन वडा सचिब पदम बहादुर कार्किले गर्नु भएको थियो ।