विरेन्द्र खड्का, गाईघाट
“उपेक्षा ,दुव्र्यवहार हिंसा विरुद्धको व्यवस्थापनका लागि किशोरकिशोरीको सशक्तिकरण भन्ने मुल नाराको साथ ५ दिवसीय आत्म(रक्षा तालिम जाल्पा एकिकृत बिकास समाज उदयपुरको सामना परियोजनाले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र रौतामाई गाउँपालिकाको समन्वयमा कोहबर होटेल गाईघाटमा तालिम शुरु भएको छ ।
जाल्पा एकिकृत बिकास समाज उदयपुरको अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षता तथा सचीव केशव कुमार रायामाझी र कार्यक्रम संयोजक अजय कुमार शाहको उपस्तिथि रहेको थियो ।
जाल्पा एकिकृत विकास समाज उदयपुरले रौतामाई गाउँपालिकामा सामना र सिइ एस पि परियोजना संचालन गरिरहेको र सामना परियोजना अन्तरगत रौतामाई गाउँपालिकाको ८ वटा वडाका २३ वटा किशोरी समूह मार्फत ६९० जना किशोर किशोरीहरुको सशक्तीकरणको लागि परियोजनाले काम गरिरहेको जाल्पा एकिकृत विकास समाज उदयपुरका कार्यक्रम संयोजक अजय शाहले बताउनु भयो ।
साथी सहजकर्ताहरुलाई आत्म(रक्षा तालिम संचालन गरी सनिवार संचालन हुने रुपान्तरण कक्षाका ६९० जना किशोरकिशोरीहरुलाई उनिहरु माथी हुने उपेक्षा, दुव्र्यवहार र हिंसा विरुद्ध आवाज उठाउन तथा प्रतिकार गर्न सक्षम बनाउन ३५ जना साथी सहजकर्ता मार्फत तालिम समुदायमा चलाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष पुष्पराज पोखरेलले बताउनु भयो ।
आत्म(रक्षालाई जीवन उपयोगी सिपको रुपमा पनि लिन सकिन्छ । जसले गर्दा हरेक मानिसको आफ्नो दैनिक जीवनमा आइपर्ने क्रियाकलापहरुलाई जस्तै सहि ढङ्गले निणर्य लिन , नेतृत्व लिन, आवाज उठाउन, हिंसा, दुर्व्यहार र बलात्कारबाट सुरक्षित रहन महत्वपूणर् भूमिका खेल्छ साथै छोरीहरुको सशक्तीकरणमा आत्मबल, आत्मरक्षा क्षमता वृद्धि गरी हरेक छोरी, घर, परिवार, समाजलाई शैक्षिक, आर्थिक, मानसिक, सामाजिक, र सास्कृतिक रुपान्तरणका निमित किशोरकिशोरी तथा युवाहरुलाई आफ्नो समुदायमा परिचालन गर्न अवसर र आवश्यकता रहेको कुरा तालिमको सहायक प्रशिक्षक फुल कुमारी मगर ले बताउनु भयो ।
समाजमा जनचेतनाको अभाव, बेरोजगारी, गरिबीको कारणले निम्ताएको घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दुव्र्यवहारका घटनाको जोखिम छोरी, किशोरी अथवा महिलाहरुको तुलानामा छोरा , किशोर तथा पुरुषहरुमा कम रहेको साथै किशोरीहरुको सशक्तीकरणको निम्ति किशोरकिशोरीहरु दुबैलाई सक्षम बन्नु पर्ने र बिशेष गरि छोरीहरुमा हुने घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दुव्र्यवहार तथा बेचबिखनबाट संरक्षण आबश्यक पर्ने सीप सिकाउनका लागि समुदायका अन्य ब्यक्तिहरुलाई पनि अभियानमा जोडिएर अभियानलाई सफल बनाउनका लागि यो तालिम संचालन गरिएको सस्थाका सचिब केशव रायामाझिले बताउनु भयो ।