किशोरकिशोरीहरुको संरक्षण एवं घट्ना व्यवस्थापनका लागि नीति बनाउदै रौतामाई गाउँपालिका

उदयपुर । १० देखि १९ बर्ष सम्मका किशोर किशोरीहरुको समग्र संरक्षण र उनिहरु सँग सम्बन्धीत घटनाहरुको व्यवस्थापनका लागि रौतमाई गाउँपालिका उदयपुरले गत मंगलबार देखि आयोजना गरेको दुई दिवसीय नीति निर्माण कार्यशाला बुधबार सम्पन्न भएको छ र निति मस्यौदाको काम अगाडी बढेकोछ ।


गाउँपालिकाले वल्र्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकिकृत विकास समाज उदयपुरको सहयोग र सहकार्यमा सामना रुपान्तरण परियोजनाको आर्थिक सहयोगमा निति निर्माण कार्यशालाको आयोजना गरी “रौतामाई गाउँपालिकाको किशोरकिशोरीहरुको संरक्षण एवं घटना व्यवस्थापनका लागि नीति”२०७८” नामबाट नीति तयार गर्न लागेको हो ।


पालिकाको भौतिक पूर्वाधारहरुको क्षेत्रमा केहि कामहरु भईरहेको र नितिगत रुपमा समेत ५४ वटा भन्दा बढी कानुनहरुको विकास गरी अगाडी बढदै गर्दा बालबालिका र किशोरकिशोरीहरुको क्षेत्रमा अझै कामहरु गर्न बाँकी रहेको कुरा गाउँपालिका प्रमुख गजेन्द्र बहादुर खड्काले बताउनुभयो ।


कार्यशालामा निति निर्माण विज्ञ डा. कोमलप्रसाद दुलालले किशोरकिशोरीहरुको लागि रहेका नितिगत व्यवस्था, स्थानिय सरकारले अवलम्बन गर्नुपर्ने पहलहरु र समुदाय एवं परिवारको भुमिका लगायतका विषयहरुमा सहजीकरण गर्नुभएको थियो । डा. दुलालले विश्व परिवेशमा रहेका नितिगत व्यवस्था र किशोरकिशोरीहरुको सवालमा नेपालमा रहेको कानुनी प्रवाधानहरुको विषयमा सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।


उहाँले नेपालमा किशोरकिशोरीहरुको लागि छुट्टै कानुनी प्रवाधानहरु नरहेको अवस्थामा राष्ट्यि किशोर किशोरी स्वास्थ्य तथा विकास रणनिति २०७५ कै आधारमा कार्य भईरहेको जानकारी गराउनुभयो । किशोरकिशोरीहरुको सवाललाई बाल अधिकारसँगै जोडेर हेर्ने प्रवृतिलाई बदल्नुपर्ने उहाँको धारणा रहेको थियो ।


विश्व परिवेशलाई जोड्दै उहाँले प्रत्येक ७ मिनेटमा एउटा किशोर वा किशोरीको हिंसाका कारण मृत्यु हुने गरेको, १३ करोड भन्दा बढी १३ देखि १५ बर्षका किशोरकिशोरीहरुमाथी विद्यालय क्षेत्रमा मनोसामाजिक रुपले असर पर्नेगरी जिस्क्याउने जस्ता बदमाशी हुने गरेको, १ करोड ५० लाख भन्दा बढी १५ देखि १९ बर्षका किशोरकिशोरीहरु जवरजस्ती यौनकार्यमा संलग्न भईरहेको र हरेक ४ जना किशोरकिशोरीहरु मध्ये १ जना किशोरीको विवाह १८ बर्ष भन्दा अगाडी नै हुने गरेको तथ्याँक प्रस्तुत गर्नुभयो । कार्यशालामा सहभागीहरुले रौतमाईका विभिन्न वडाहरुमा दिनानुदिन बढ्दै गईरहेको बाल विवाह र भागी विवाह बढ्दै गईरहेको बारे यथाशिघ्र पहलहरु सरकारी निकायको तर्फबाट अगाडी बढाउनुपर्ने भन्दै व्यापक आवाज उठाएका थिए ।


रौतामाईका आठ वटै वडाका जनप्रतिनिधिहरु, कार्यपालिकाको टिम र कर्मचारी टिम सहित स्थानिय विद्यालयका अगुवा शिक्षकहरु, बाल अधिकार समितिका पदाधिकारीहरु, सिएफएलजीका वडा प्रतिनिधिहरु, किशोरकिशोरी समुहका प्रतिनिधिहरुको सक्रिय सहभागितामा नीति निर्माण सम्बन्धी छलफल संचालन गरिएको गाउँपालिकाका प्रशासकीय प्रमुख पर्शुराम दाहालले बताउनुभयो ।


कार्यशालाका सहभागीहरुले समुदायमा हिंसा, दुव्र्यवहार, भेदभाव, बालविवाह लगायतका विभिन्न घटनाहरु दिनानुदिन बढ्दै गईरहेकोले वडा स्तरमै यस्ता समस्याहरुको समाधान गरी किशोरकिशोरीहरुको संरक्षणका लागि गाउँस्तरबाटै पहलहरु अगाडी बढाउन जरुरी रहेको धारणा राखेका थिए । सहभागीहरुले लैंगिक यथास्थितीवादी धारणा हटाउनुपर्ने, बालसंरक्षण सेवा बलियो बनाउनुपर्ने, हिंसा हुँदा पनि मौन रहने प्रवृतीलाई हटाउनुपर्ने, समस्या आईपर्दा उक्त समस्या समाधानका लागि वडा कार्यालय र स्थानिय प्रहरी सम्म पहुँच अभिबृद्धि गर्नुपर्ने, घटना सम्बन्धी सूचना व्यवस्थापन र शिफारिस प्रणालीलाई बलियो बनाउनुपर्ने लगायतका विषयहरुमा व्यापक छलफल गरेका थिए ।


पालिकाका अध्यक्ष खड्काले आफ्नै संयोजकत्वमा रहेको कानुन मस्यौदा समिति मार्फत विज्ञको सल्लाह र सुझाव र कार्यशालामा उठेका सवालहरु र नितिगत बहसहरुको आधारमा किशोरकिशोरीहरुको संरक्षण र उनिहरुसँग सम्बन्धित विभिन्न किसिमका घटनाहरुको व्यवस्थापनका लागि यसै आर्थिक बर्ष भित्र ठोस निति निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


उक्त कार्यशालामा जाल्पा एकिकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल र रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले संयुक्त रुपमा समझदारी पत्र २०७८ मा हस्ताक्षर गर्नुभएकोछ । समझदारी पत्र अनुसार गाउँपालिका र संस्थाले आपसी समझदारीमा परियोजनाका क्रियाकलापहरु संचालनमा सहकार्य, दिगोपना र बजेट एवं श्रोत लगानीमा सहकार्य गर्ने संस्थाका परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने