रौतामाई गाउँपालिकामा अन्तरास्ट्रिय युवा दिवस मनाईने

भरोसा सम्बाददाता गाईघाट
साउन १९ गते ।
उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाले अन्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ । दिवसको अबसरमा १६ देखि ४० बर्षका युवाहरू लाई साउन २६ गते समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक जनप्रतिनिधिहरुसंग बहस कार्यक्रम र २७ गते १६ देखि २४ बर्षको युवाहरूलाई समृद्ध रौतामाई गाउँपालिका निर्माणमा युवाको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगिता संचालन गरिने भएको छ ।


हरेक बर्ष १२ अगष्टको दिन अन्तराष्ट्रिय युवा दिवस मनाउने गरिन्छ , यो बर्षको नारा युवामैत्री विश्व निमार्णमा अन्तरपुस्ता ऐक्यबद्धता रहेको छ , रौतामाई गाउँपालिकाले वल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा यो कार्यक्रम गर्न लागिएको रौतामाई गाउँपालिका उदयपुरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गोबिन्द कार्किले बताउनु भयो ।
कार्यक्रममा सहभागी युवाहरूलाई यातायात खर्च र बकृत्वकलाको हकमा पुरस्कारको पनि ब्यबस्था गरिएको कार्किले बताउनु भयो ।
रौतामाई गाउँपालिका युवा तथा किशोरकिशोरीमैत्री स्थानीय शासन अभियानलाई कार्यन्वयन गर्न देशका सात वटै प्रदेशका एक एक स्थानीय तहको छनौटमा प्रदेश नं १ को स्थानीय तहको रुपमा छनौट भएको स्थानीय तह पनि हो । उक्त कार्यक्रम कार्यन्वयनको लागि राष्ट्रिय युवा परिषदले सरोकारवालाहरुलाई ३ दिनको क्षमता अभिबृद्दी तालिम संचालन गरि ७ सदस्यीय सहयोगी समूह गठन गरि युवाहरूलाई ससक्तिकरण गर्दै युवामैत्री स्थानीय तह बनाउन सबै सरोकारवालाहरु लागि परेको सहयोगी समुहका संयोजक बिरेन्द्र खड्काले बताउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने