रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने

उदयपुर : ९ जेठ,उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्न २ दिवसिय कार्यशाला संचालन गरेको छ ।

बाल अधिकार समिति रौतामाई गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्र जाल्पा एकिकृत विकास समाज,उदयपुर र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य तथा राष्ट्रिय बाल अधिकार परिषद्ले सहजिकरण गरेको थियो ।

कोशी प्रदेशले सन् २०२५ सम्म प्रदेशलाई नै बाल विवाह मुक्त प्रदेश घोषण गर्ने लक्ष्य लिएकोले पालिकाले भौतिक विकास मात्र गौरवका विषय नभई समग्र बालबालिकाको उत्थानको विषयलाई पनि गौरवमा लिएको रौतामाई गाउँपालिकाको अध्यक्ष विरेन्द्र कुमार मगरले जनाउनु भयो ।

बालविवाह अन्त्य हुनु भनेको राष्ट्रको गौरवको कुरा भएको तथा समग्र बालबालिकाको अवस्थामा सुधार हुनु भनेको देश विकासको सुचक पनि भएकाले पालिका यस्ता नीति निमार्ण गरि प्रभावकारी कार्यान्वयन गर्दै बालबालिकाको समृद्धिमा अगाडी बढ्ने मगरले बताउनु भयो ।

पालिकामा विभिन्न सरकारी तथा गैर सरकारी निकायले बाल विवाह अन्त्यको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको भएता पनि बाल विवाह रोकथाम गर्न चुनौती भएकोले पालिकाले आफ्नो नीति निर्माण गरि बाल विवाह अन्त्यको लागि प्रयास गर्न नीतिगत योजना निर्माण गर्न लागेको पालिका स्तरिय बाल अधिकार समितिका अध्यक्ष रविन्द्र कुमार खत्रीले बताउनु भयो ।


खत्रीले बालविवाह रोकथामका लागि नागरिक संघ सस्थाहरू तथा सरकारी निकायहरू संयुक्त रुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने