रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु

किशोरकिशोरीहरुको समग्र बिकासकालागी रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । भाद्र १५ देखी २४ गते सम्म संचालन हुने तालिमको उद्घाटन सत्र बुधबार उदयपुरको सदरमुकाम गाईघाट स्थित होटल कोहबरमा सम्पन्न भएको हो । जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरको सामाना परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा रौतामाई गाउँपालिकाका २० जना किशोरकिशोरीहरु सहभागी छन् ।


कार्यक्रमको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै रौतामाई गाउँपालिका उदयपुरको उपाध्यक्ष भुपिन्द्र बहादुर ज्युले बिद्यालय तथा कलेजमा किशोरकिशोरीमैत्री शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय बालिकाहरु माथी हिंसा तथा बलत्कारका घटनाहरु बढ्दै गएको तथ्याङ्कले देखाएको भन्दै यस्ता समस्या समाधान गर्न किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने, अभिभावकले आफ्ना सन्तानहरुको बिशेष निगरानी राख्ने तथा सरोकारवालाहरुले सचेतनामूलक अभियानलाई तिब्र बनाउनुपर्ने भएकाले संघ सस्था संग गाउँपालिका साझेदारी भईरहेको र आगामी दिन मा पनि जारी रहने कुरा उल्लेख गर्नुभयो ।


यस्तै उहाँले समाजमा बालविवाहमा समेत कमी आउन नसकेको प्रति दुःख प्रकट गर्दै उमेर नपुगी विवाह गर्दा आईपर्ने समस्याहरुको बारेमा किशोरकिशोरी तथा अभिभावकसंग खुलेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम उद्घाटन सत्रको अध्यक्षता जाल्पा एकीकृत बिकास समाज उदयपुरको अध्यक्ष पुस्पराज पोखरेलले गर्नु भएको थियो भने वल्ड भिजन इन्टरनेशनल नेपालको प्रतिनिधि आनन्द खड्का र रौतामाई बाल सन्जाल अध्यक्ष तेज नारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।
जाल्पा एकिकृत बिकास समाज, उदयपुरको आयोजना रहेको कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेशल नेपालको सहयोग र रौतामाई गाउँपालिकाको सहयोग रहेको छ । भाद्र २४ गते सम्म संचालन हुने तालिम लोक ब बिक र जानुका श्रेष्ठले प्रशिक्षण गराउनेछन् ।

प्रशिक्षण कार्यक्रममा आत्मजागरण, अधिकार र कर्तव्य, लैंगिक र सामाजिक समावेशीकरण, किशोरावस्था, राम्रो बानी, पोषण, प्राथमिक उपचार, नागरिक सहभागिता, प्राकृतिक श्रोत, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खर्च र बचत, जिविकोपार्जनका विकल्प, यौन तथा प्रजनन स्वास्थ्य, लैंगिकतामा आधारित हिंसा, लघु उद्यम बिकास लगायतका बिषयमा प्रशक्षिण गराईने जाल्पा एकिकृत बिकास समाजको परियोजना संयोजक शैलेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने