रौतामाई दुईमा आरसिसी विद्यालय भवन शिलन्यास

शंकर रिखाम मगर उदयपुर माघ ४

उदयपुरको रौतामाई गाउँपालिका, ४ स्थित श्री सरस्वती मावि विद्यालय मालवासे र साना किसान आवि रौतामाई, ७ पुवाँरेको दुई विद्यालयमा दुई कोठे आरसिसी भवन शिलन्यास गरिएको छ ।

विद्यालय शिलान्यास गर्ने क्रममा प्रमुख अतिथी रौतामाई गाउँपालिकाका अध्यक्ष श्री गजेन्द्रबहादुर खड्का विशेष अतिथि जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल तथा विव्यास अध्यक्ष तथा शिलन्यास कार्यक्रमका अध्यक्ष छत्रवहादुर राना मगर र रौतामाई ४ र ७ का वडाध्यक्षहरुको सयुक्त उपस्थितिमा विधिवत रूपमा २ कोठे आरसिसि भवनको शिलान्यास गरिएको हो ।

विद्यालयलाई शैक्षिक गुणस्तरलाई अगाडि वढाउनको लागि कम्प्युटर ल्याव सहितको आइसिटी कक्षा सन्चालको लागि जाल्पा र वर्ल्ड भिजनको साझेदारी र पालिकाको समन्वयमा गरिएको सम्पूर्ण सहयोगले विद्यालय लगाएत गाउँवासिनै हार्षित रहेको रौतामाई ४ का वडाध्यक्ष चन्द्रबहादुर मगरले बताए ।

उक्त शिलान्यस कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धिगरि बालबालिकाहरुको चौतर्फि सिकाई वातावरण श्रृजना गरिनु पर्ने साथै नेपाल सरकारवाटै रौतामाई मुर्कुचीको विद्यालयलाई नमुना विद्यालय वनाउने उद्देश्य रहेको छ भने रौतामाई गाउँपालिकाको समन्वय र वर्ल्ड भिजन इन्टरनेशनल तथा जाल्पा एकीकृत विकास समाज उदयपुरले सझेदारिमा रौतामाई ४, को मावी मालवासे र रौतामाई, ७ आवि पुवाँरे गरि २ विद्यालय नमुना विद्यालय वनाउने उद्देश्य रहेकोले भवनमा लाग्ने कुल लागत रकम मध्ये पालिकावाट ३० प्रतिशत रकम विनियोजन गरिएको गापा अध्यक्ष तथा प्रमुख अतिथि गजेन्द्रवहादुर खड्काले बताए

शिलन्यास कार्यक्रममा विद्यालयलाई नमुना उन्न्मुख बनाई वालमैत्रि शिक्षण शिकाई क्रियाकलाप ,सूचना तथा प्रविधि मैत्री विद्यालयको रूपमा पहिचान गराउने गरि सुगम ठाउँ अन्तर्गत रौतामाई ७ मा १ विद्यालय र दुर्गम ठाउँ अन्तर्गतमा पर्ने रौतामाई ४ को १ विद्यालायगरि दुई विद्यालयमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको साझेदारिमा सहयोग भएको हो ।

दुईवटै विद्यालयलाई नौ लाख रुपैया वरावरको कमप्युटर र सोलार सहयोग गरिएको जाल्पाका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी पुष्पराज पोखरेलले वताए ।

उक्त २ कोठे निर्माण भवन निर्माणको लागि जाल्पा एकीकृत विकास समाज उदयपुरको गोल परियोजना अन्तर्गत श्री साना किसान आवि रौतामाई ७ पुवाँरेलाई ३६ लाख १२ हजार ४ सय उनानव्वे रुपैयाँ र श्री सरस्वती मावि रौतामाई ४ मालवासेलाई ३९ लाख ८९ हजार ४ सय ६८ रुपैयाँ गरि ७६ लाख १ हजार ९ सय ५७ रुपैयाँ १३ प्रतिश कर सहितको भानुमती निर्माण सेवा त्रियुगा नगरपालिका ११, गाइघाटका अस्विन खड्कासंग २०८९ वैशाख ७ गते सम्म उक्त भवन निर्माण सम्पन्न गरिने ठेक्का सम्झौता भएको जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले जानकारी दिए ।

सो भवन भुकम्प प्रतिरोधात्मक, बालमैत्री, अपाङ्गमैत्री र आइसिटी सहितको १८ बाई १८ पिल्लरको दुई दुई कोठे आरसिसि भवन रहने सव इन्जिनियर चुडामुणी मगरले बताए । रौतामाई गाउँपालिकाको समन्वय तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण हुने भएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने