मिलन परियार
भाद्र ११, २०७९
उदयपुर जिल्ला को लिम्चुङ्बुङ गाउँ पालिका वडा नम्बर ५ जांते स्थित श्री पन्चकन्या आधारभूत बिधालय (०–८) मिनासिकामा बिद्यार्थी तथा अभिभावकहरुलाईमनोबिज्ञान सम्बन्धि १ दिने परामर्श कार्यक्रम सम्पन्न भएको छ।
वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुर को आर्थिक सहयोग र जिल्ला अस्पताल मा अबस्थित एकद्वार संकट ब्याबस्थापन केन्द्र ( OCMC ) र CMC नेपाल को समन्वय मा (९–१३) उमेर समूह का छात्रा बिद्यार्थीमा देखिएको चिच्याउने , कराउने , बेहोस हुने , छ्ट्पटाउने जस्ता समस्या को समाधान को लागि गत शुक्रबार बिद्यार्थी , शिक्षक ,बिधालय सेवा क्षेत्रका अभिभावक र सरोकारवाला ब्यक्तिहरुलाई १ दिने मनोबिमर्श परामर्श दिईएको छ । कार्यक्रम को सहजीकरण एकद्वार संकट ब्याबस्थापन केन्द्र (OCMC ) मनोपरामर्शकर्ता रन्जना ताजपुरिया र CMC नेपाल कि मनोपरामर्शकर्ता एल्सोदा राई ले गर्नु भएको थियो ।
कार्यक्रममा कुनै भुतप्रेत दैबी शक्ति को कारण नभई बालबालिका धेरै डराउने र त्यो खाल्को समस्या देखिने गरेको साथै आफ्नो मन मिल्ने साथि मा भावनात्मक बिकृती तनाव का बालबालिका मा चिच्याउने, कराउने छ्टपटाउने समस्या देखिने साथै यस्तो समस्या पर्नासाथ सुरक्षीत र छुट्टाछुट्टै स्थान ब्याबस्थापन गरि राख्ने गरेमा उसलाई केही समय पछि आफै छाड्ने तर त्यो समयमा उनी हरुलाई अन्य मान्छेले संरक्षण गरेमा धेरै समय सम्म भेट्ने मनोपरामर्श कर्ता रन्जना ताजपुरिया ले बताउनु भयो। त्यसै गरि यो समस्या ले अहिले सम्म कुनै घट्ना नभएको र यस्को कुनै औसधि पनि नभएकोले बालबालिकालाई उनीहरुको मनको कुरा सुनिदिने , हौसला दिने मनोरञ्जन गराउने जस्ता क्रियाकलाप गरेमा आफै न्यूनीकरण भएर जाने एल्सोदा राई ले बताइन् ।
अहिले को यो समयमा धार्मिक र परम्परागत आस्थामा भन्दा पनि बालबालिका को मनोविज्ञान बुझेर अभिभावकले स्याहार तथा ब्याबहार गरेमा समस्या को न्यूनीकरण हुने सिकाई भएको वडा सचिब केसब कुमार थापा ले बताए । बिद्यार्थी बिरामी परेको कारण गत भाद्र ६ गते देखि बन्द रहेको बिधालय पुन १२ गते दखी सन्चालन गर्ने प्रधानाध्यापक झिल्लि प्रसाद कोइराला ले बताए । समस्या यथावत रहेको खन्डमा भने बिधालय सन्चालनमा समस्या हुने बताए ।