मिलन परियार / भाद्र ७ उदयपुर जिल्लाको पुर्बी पहाडी क्षेत्रमा पर्ने लिम्चुङ्बुङ गाउँ पालिका वडा नम्बर जांतेको श्री पन्चकन्या आधारभूत बिधालय(0-८) मिनासिका मा विद्यार्थी मा बेहोस हुने , चिच्याउने , कराउने , दौडिने जस्ता समस्या देखा परेको छ ।
गत असार १६ गते देखी यस्तो समस्या देखा परेको हो बिधालय मा कक्षा ४ मा अध्ययनरत ९-१२ उमेर समुहका बालिका दैनिक २ देखि ४ जनालाई यस्तो बिरामी देखा परेछि ४ दिन बिधालय नै बन्द गरिएको थियो र पुन सन्चालन मा आएको थियो ।
असार ३१ गते देखि बर्षे बिदा श्रावण १ देखि भाद्र ४ गते सम्म बिधालय बन्द रहयो र भाद्र ५ आइतबार देखि कक्षा सन्चालन गरिएको भए पनि अझै बिद्यार्थी मा समस्या यथावत रहेका कारण बालबालिका नियमित बिधालय आउन छोडेपछी बिधालय नै बन्द हुने सम्भावना भएको छ ।
कक्षा ४ मा अध्ययन गर्ने बालबालिकालाई यस्तो देखिएको र कक्षा कोठा परिवर्तन गर्दा समेत समस्या देखिएको छ । अहिले बालबालिका संगै बिधालयका शिक्षकलाई समेत लक्षण देखा परेको र आफू स्वयमलाई समेत समस्या पारेको प्रधानाध्यापक झिल्ली प्रसाद कोइराला बताए ।
धार्मिक आस्था परम्परागत विश्वासका कारण अभिभावक , शिक्षक , जनप्रतिनिधि लगायत को समन्वय र सहकार्य मा बिधालय प्राङ्गणमै धामी झाक्री समेत राखिएको समेत बताए ।
बिधालय मा बालबालिका बेहोस हुने , चिच्याउने , कराउने , दौडिने समस्या भएको कारण अभिभावकहरु त्रसित हुँदै आफ्ना छोराछोरी बिधालय पठाउन छाडेका छ्न । अभिभावक शिक्षक सङ छलफल गरि आबश्यक सहयोग साथै उपचारको प्रबन्ध मिलाउने वडा अध्यक्ष कबिचन्द्र राईले बताए ।