मिलन परियार
९ माघ २०७९
उदयपुर , लिम्चुङ्बुङ गाउँ पालिका ५ जाँतेको नवनिर्मित २ तले कार्यालय भवन माघ ८ गते गाउँपालिका अध्यक्ष मेजर कुमार राई (मिजास) द्वारा रिबन काटेर उदघाटन गरिएको छ ।
सशस्त्र द्वन्द कालमा बिद्रोही पक्षहरूले तत्कालीन गाउँ बिकास समितिको कार्यालय तोडफोड तथा आगजनी गरेपछि कार्यालय बाट दिने सेवा प्रभावित भएको थियो । जनप्रतिनिधि बिहिन समयमा सचिबले झोलामा बोकेर जनतालाई सेवा प्रवाह गरेका थिए त्यस पश्चात् केही बर्ष १ वटा कोठा भाडामा लिएर सेवा दिइरहेको कार्यालयले अब आफ्नै कार्यालयबाट सेवा दिने भएको छ ।
गाउँपालिकाको आ ब ०७७/०७८ बाट बिनियोजित ४४ लाख ७ हजार र आब ०७८/०७९ बाट ३३ लाख ९० हजार बिनियोजित रकमले सो कार्यालय भवन निर्माण गरिएको हो । कार्यालय उद्घाटनको अबसर पारेर लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५ जाँते सबै भन्दा जेष्ठ नागरीक ९४ बर्षिय पर्बलक्षी राईलाई कार्यक्रमका प्रमुख अतिथिबाट खादा माला , दोसल्ला र प्रसंशा प्रत्रका साथ सम्मान गर्नु भएको छ । त्यसका साथै समृद्ध लिम्चुङ्बुङ बनाउन सहयोग पुर्याउने १० जना टोल बिकास समिति पदाधिकारी , १० महिला स्वास्थ्य स्वयंसेबिका , ३ जना स्वास्थ्यकर्मी , २१ जना अन्य ब्याक्तित्वलाई सम्मान तथा कदर पत्रका साथ सम्मान गरेको छ ।
समृद्ध लिम्चुङ्बुङ बनाउन गाउँपलिकाले जनता आफै धनी बानाउने कार्यक्रम अध्यक्ष कृषि परियोजना साथै हाम्रो गाउँ हामी मिलेर बनाउछौ कार्यक्रम सन्चालन भैरहेको र कार्यक्रमलाई सम्पुर्ण जातेली जनताको साथ र सहयोग आबश्यक रहेको बताए । हामी जिरो देखि हिरो लिम्चुङ्बुङ बनाउन अहोरात्र लागि परेता पनि केही खुट्टा तान्ने तत्वहरु सक्रिय रहेता पनि मेरो आफ्नो लक्ष्य उद्देश्य जसरी नि पूरा गर्ने बताए । पालिकाले प्रमुख पर्यटकीय गन्तव्य तय गरेका कारण पर्यटकहरु लिम्चुङ्बुङ भ्रमण गर्न आतुर रहेको र भ्रमण गर्न आउने पाहुनाहरुको लागि पालिका बासिको लागि भौतिक पुर्बधार अन्तर्गत सडक स्तरउन्नतिका लागि करौडौ रकमका योजना टेन्डर प्रक्रियामा गएको बताउनु भयो ।
आगामी १बर्ष ६ महिना भित्र पालिकालाई पुर्न बिधुतिकरण गरि सक्ने र पालिकाको सबै भन्दा टाडा वडा जाँते भएका कारण १ लाख भन्दा कम रकमका योजना वडाबाटै सम्झौता गर्ने प्रक्रिया अघि बढाईएको गाउँपालिकाका प्रबक्ता गुरुमणी कुमाईले बताए । कार्यलय समुद्घाटन कार्यक्रम लिम्चुङ्बुङ गाउँपालिका ५ नम्बर वडाका अध्यक्ष कबिचन्द्र राईको अध्यक्षता सम्पन्न भएको थियो ।