लोकगायिका दिलमाया सुनारको आत्महत्या देखाउन नक्कली सुसाइड नोट

लोकगायिका दिलमाया सुनारको हत्या भएको खुलेको छ । यसअघि आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको खुलेको हो ।

प्रहरीको विश्वस्त स्रोतका अनुसार दिलमायालाई उनीसँग लिभिङ्ग टुगेदरमा रहेका सुरेश श्रेष्ठले हत्या गरेका हुन् । हत्यामा सलको प्रयोग गरी घाँटी बेरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
पतिसँग सम्बन्ध विच्छेद गरी सुनार काठमाडौंमा गायन क्षेत्रमा गुजारा चलाउँदै आएकी थिइन् । उनको पहिलो पतिका तर्फबाट जन्मिएका छोरा सुर्खेतस्थित माइतीमै बस्दै आएका छन् ।

दिलमाया सुनारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ, अनुसन्धानमा संलग्न एक प्रहरीले भने । उनले पोष्टमार्टम रिपोर्टबारे थप तथ्य खुल्ने बताए । प्रहरीसँगको बयानमा सुरेशले विवाहका लागि दबाब दिन थालेपछि विवाद हुँदा हत्या गरेको बताएको बुझिएको छ ।

आत्महत्या देखाउन सुरेश आफैले सुसाइड नोट लेखेर पोष्ट गरेको समेत खुलेको छ । उनले प्रहरीलाई झुक्याएर आत्महत्या गरेको देखाउन दिलमायाको भावुक खालको भिडियो समेत पोष्ट गरेका थिए ।

दिलमाया सुनारको शव बालाजुको नेपालटारस्थित कोठामा ११ असारको विहान मृत अवस्थामा फेला परेको थियो । उनको सामाजिक सञ्जालमा सुसाइड नोट पढेपछि कलाकार उदीराम खड्काले सुनारको निकट मित्रलाई फोन गर्न लगाएका थिए । फोन नलागेपछि कोठा पुगेर हेर्दा मृत अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा लिभिङ्ग टुगेदरमा रहँदै आएका सुरेश श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि अनुसन्धानका क्रममा हत्या खुलेको थियो ।

 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने