वडा स्तरिय बाल भेला सम्पन्न,वडा अध्यक्षलाई प्रतिवद्धता सहितको ज्ञापन पत्र हस्तान्तरण

रौतामाई गाउँपालिका वडा नं. ७ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषण गर्नका लागि प्रथम वडा बाल भेला सम्पन्न भएको छ ।

रौतामाई ७ का अध्यक्ष मनोज राना मगरको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र जाल्पा एकिकृत विकास समाज,उदयपुरको साझेदारी तथा वडा बाल अधिकार समिति रौतामाई वडा नं. ७ को समन्वय रहेको थियो । सो भेलामा कोपिला परियारको नेतृत्वमा ११ सदसिय वडा बाल संजाल समेत गठन गरिएको थियो ।

वडाको विकास निर्माणमा बालबालिकाको सहभागिता गराउँदै योजना तर्जुमा गर्नको लागि भेलाको आयोजना गरिएको जाल्पा एकिकृत विकास समाज,उदयपुरको कर्मचारी शंकर रिखाम मगरले बताउनु भयो । उक्त भेलामा बालबालिकाले आफ्नो समुदायमा भएका बाल संरक्षणको साझा समस्याहरु प्रस्तुतिकरण गरि सामधानका लागि योजना समेत निर्माण गरिएको थियो । बालबालिकाको प्रस्तुतिकरण पश्चात समस्याको प्राथमिकरण गर्दा बाल विवाह वडाको मुख्य समस्या भएकोले बाल संजालले बाल विवाह अन्त्यका लागि वडा कार्यलयलाई प्रतिवद्धता सहितको ज्ञापन पत्र हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रमको प्रमुख अथिति तथा वडा अध्यक्ष मनोज राना मगरले रौतामाईको वडा नम्वर २ र ४ बालमैत्री वडा घोषणा भईसकेको र आफुले पनि केही वर्षमै आवश्यक सुचकहरु सम्पन्न गरि बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले वडामा बालबालिकाको लागि विनियोजना गरेको रकम बालबालिकाको हितका लागि बाल संजालको नेतृत्वमा खर्च बताउनुका साथै बाल संजालले वुझाइएको ज्ञापन पत्रमा उल्लेख भएका बुदांहरु आफुले पालना गर्ने जस्ताको तस्तै कार्यपालिकाको वैठकमा पेश गरि कार्यान्वयनको लागि पहल गर्ने जानकारी गराउनु भयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने