आज नोभेम्बर १८ विश्वमा पहिलो पटक अन्तर्राष्ट्रिय हिंसा तथा दुब्र्यबहार विरुद्धको दिवस मनाइन्दैछ ,नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरी दिबसलाई भब्य रुपमा सफल पारीएको छ ।
बालबालिका माथि हुने यौनजन्य हिंसा बन्द गरौँ भन्ने मुल नाराकासाथ बिश्वका धेरै देशहरुमा यो दिबश मनाइयो, त्यस्तै नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम संगसंगै १००० पोष्टर अभियान सम्पन्न भएको छ, सामाजिक संजाल फेसबुक मार्फत जनचेतना फैल्याउने उदेश्यले किशोर किशोरी ,अभिभाबक, युबाहरु मार्फत बिभिन्न किसिमको नाराहरु राखेर फेसबुकको वालहरुमा पोष्ट गरेर धेरै भन्दा धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुमाझ पुगेको छ ।
उदयपुरमा पनि बिगत केही बर्ष अघि बाट यस्ता किसिमको सामाजिक संजाल मार्फत किशोर किशोरीहरुले पोस्टरहरु मार्फत क्याम्पियनहरु संचालन गर्दै आएका छन् । वल्ड भिजन र जाल्पा एकिकृत बिकास समाज उदयपुरको साझेदारीमा संचालित सामना परीयोजना अन्र्तगत गठन भएको किशोर किशोरीहरुको सक्रियतामा यस्ता किसिमको अभियानहरु चलाउदै आइरहेका छन् ,
नाराहरु
। नोभेम्बर १८
#UN Child Sexual Exploitation, Abuse and Violence Day, Nov 18
# STOP RAPE ! NO RAPE ! NO RAPE
# Enough is enough, NO RAPE
#Sexual violence is RAPE
# Say NO to Sexual Violence
# Thank you UN for approval Day of Child Sexual Exploitation, Abuse and Violence on 18 Nov
साथै
प्रत्येक नारिले हरेक स्थान सुरक्षित महशुस गर्ने वातावरण सिर्सिज गरियोस।
हरेक किशोरीहरुलाइ आत्मसुरक्षाको सीप सिकाइयोस।
मेरो शरीर मेरो अधिकार यौन जन्य हिंसा सहेर बस्नु हुदैन भन्ने मानसिकता सिर्जिना गरियोस।
यौनजन्य हिंसा प्रतिकार गर्ने सीप ,क्षमता ,तत्परता रहने परिपाटी विदित गरियोस।
बलात्कार जस्तो जघन्य अपराध गर्ने कुर ब्यक्तिलाई कानुन बमोजिम तत्काल सजाय दिन सक्ने परिपाटी व्यवस्थित गरियोस ।
निशुल्क हट लाइनहरु १००, ११४५, १०९८, १०४ प्रत्येक ब्यक्तिलाई जानकारी गरियोस।
सामाजिक संजाल , अनलाइन द्वारा हुने सक्ने जोखिम विरुद्ध सबैलाई सचेतना फैलाइयोस।
किशोर किशोरीहरुबाट संचालित अभियानका झलकहरु