शिक्षामा बजेटको आकार बढाउन र संघीय शिक्षा ऐन चाँडो ल्याउन दबाब दिँदै विभिन्न कार्यक्रम संचालन गरि शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह मनाइएको छ ।
शिक्षा वित्तीय अब उपनिवेशीकरण (डिकोलोनाइज इजुकेशन फाईनान्सिइङ नाउ) भन्ने मूल नाराका साथ कार्य सप्ताहमा शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति (एनसीई),उदयपुरले संघीय शिक्षा ऐन यथासिघ्र ल्याउन र शिक्षामा बजेट बृद्धिको निमित्त दबाब दिन स्थानीय शिक्षाका सरोकारवालाहरुबाट हस्ताक्षर संकलन, शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम र त्रियुगा नगरपालिकालाई सार्वजनिक शिक्षा प्रणालीको सुदृढिकरणका लागि सुझाब हस्तान्तरण कार्यक्रम संचालन गरेको थियो ।
नेपाल लगायत विश्वका १ सय ५० भन्दा बढी देशहरूमा नागरिक समाजका संघ संस्था तथा प्रतिनिधिहरूले विभिन्न कार्यक्रमहरू गरी विश्वव्यापी कार्य सप्ताह मनाएका थिए ।
सप्ताह व्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार गाईघाटमा शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरि त्रियुगा नगरपालिकाको शौक्षिक अवस्थालाई प्रस्तुत गरिएको थियो । त्रियुगा नगरपािलकाको शिक्षाको अवस्था प्रस्तुत गर्दै एनसीईका जिल्ला समन्वय समिति सचिव अजय कुमार साहले नगरपालिकामा गुणस्तरिय शिक्षामा समस्या रहेको देखाएका थिए । साहले नगरमा ६८ वडा सामुदायिक विद्यालय र ४५ वटा निजि विद्यालय रहेको जनाए ।
अवस्था प्रस्तुतिकरण पश्चात कार्यक्रममा उपस्थित शिक्षाका सरोकारवालाहरुले मापदण्ड अनुसार शिक्षा प्रदना गर्न नगर चुकेको जनाए । सहभागीहरुले अन्तरक्रियाको क्रममा त्रियुगाको सामुदायीक विद्यालयहरुमा शुल्क लिने गरेको गुनासो गरे । निशुल्क शिक्षाको कुरा चलिरहँदा अंग्रेजी मिडियमको नाउमा विद्यार्थीहरुबाट पैसा उठाउने गरेका एक सहभागिले जनाए । उनले निशुल्क शिक्षामा किन विद्यार्थीहरुबाट पैसा लिनु पर्ने भन्दै प्रश्न गरे । अंग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने त्रियुगा नगरपालिका भित्र रहेको सामुदायी विद्यालयमा संञ्चालन भएका सामुदाय विद्यालयहरुले पैसा उठाउने गरेको जनाए । यो सँगै त्रियुगामा गुणस्तरीय शिक्षाको कम्जोरीका कारण विद्यालयमा सेनेटरी प्याड, जताततै हाई स्कुलहरु, अनुगमन नहुनु , विषयगत शिक्षक अभाव, नगरपालिका आफै स्पष्ट नहुनु । प्राविधिक ज्ञानमा पछि पर्नु, शिक्षक नियुक्त जस्ता कार्यमा स्वार्थ बाझिनु लगायत समस्या रहेको जनाए ।
नगर प्रमुख वसन्त बस्नेतले बजेट अभावमा गुणस्तरीय शिक्षा पछि परेको जनाए । बस्नेतले सिमित श्रोतका कारण अपेक्षित नतिजा हासिल गर्न नसकेको र गुणस्तरीय शिक्षाका लागि समुदाय पनि लागि पर्नु पर्ने जनाए । आफुले मात्रै प्रयास गर्दा शिक्षामा सबैखाले परिणामहरु आउन नसक्ने जनाए । उनले शिक्षा क्षेत्रको बजेटको अधिकांश हिस्सा शिक्षक तथा कर्मचारीको तलबमा नै खर्च भइरहेको र सार्वजनिक शिक्षा क्षेत्रमा सरकारको लगानी घट्दै जाँदा विद्यालय शिक्षाको गुणस्तरमा ह्रास आएको बताए । आफ्नो कार्यकालमा शिक्षा क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने र अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि शिक्षा क्षेत्रमा लगानी गरि गुणस्तरवृद्धि गर्ने बस्नेतले जनाए ।
कार्यक्रमको अन्त्यमा त्रियुगा नगरपालिकालाई सार्वजनिक शिक्षा प्रणालीको सुदृढिकरणका लागि सुझाब हस्तान्तरण गरिएको थियो ।