शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।
म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो ।
टाइफाइडले विशेषगरी गर्मी महिनामा बढी सताउने गर्छ । दूषित पानी र प्रदूषित खाद्य पदार्थको प्रयोगले यो रोग लाग्ने गर्छ । टाइफाइड जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्ने भएपनि १५ वर्ष मुनिका बालबालिकामा यसको संक्रमण दर बढी देखिएको छ । त्यसैले खोप पनि विशेषगरी यही समूहका मान्छेलाई धेरै लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो ।

टाइफाइडका लक्षणहरु

पेट तथा टाउको दुख्नु

बढी जाडो हुनुपसिना आउनु

ज्वरो आउनुवान्ता हुनु

पसिना आउनुचिसो महसुस हुनु

पखालाका साथै सुख्खा खोकी लाग्नु

टाइफाइड हुने कारणहरु

फोहोर पानी पिउनु तथा नुहाउनु

दूषित पानी खानु तथा त्यस्तो पानीले खाना पकाउनु

दूषित पानीले खानेकुरा धुनु

टाइफाइड भएका व्यक्तिसँग संगत गर्नु

टाइफाइडबाट हुने जटिलता

सानो आन्द्रामा घाउ हुनुप्वाल पर्नु

रगत बग्नु

टाइफाइडको संक्रमण फैलिन गई शरीरका अन्य अंगमा संक्रमण हुनु

टाइफाइडबाट बच्ने उपाय

सफा पानी पिउनु अर्थात् उमालेर मात्रै प्रयोग गर्ने

खानाखानु अघि राम्ररी हात धुने

सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने

राम्ररी पकाएको र छोपेर राखेको खानेकुरा मात्रै खाने

बासीसडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने

बेलाबेला साबुन पानीले राम्ररी हातधुने

पौष्टिक र सन्तुलित आहार मात्रै लिने

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने