बिरेन्द्र खड्का
रौतामाई, उदयपुर
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न ११ संगमटोलमा रहेको संगम सामुदायिक पुस्तकालयको आ ब २०७७/२०७८ को बार्षिक प्रगति समिक्षा साथै सामाजिक परिक्षण कार्यक्रम पुस्तकालय को सभाहलमा सम्पन्न भएको छ ।
कोभिड १९ को महामारीको समयले भएकाले २०–२५ जनाको उपस्तिथि रहेको उक्त कार्यक्रम गैरसरकारी सस्था केन्द्रिय सदस्य एबम प्रदेश १ संयोजक महेश्वरी राई , वरिष्ठ साहित्यकार तथा शिक्षा क्षेत्रका अभियन्ता पुन्य कार्की , पुस्तकालयका सल्लाहकार बिर्ख बहादुर तामाङ, शिक्षा सरोकार मञ्च उदयपुर अध्यक्ष जस बहादुर कार्की , महिला अधिकारकर्मी माया भण्डारी ,ओरेक नेपाल उदयपुरको प्रतिनिधि सरिता पोखरेल , साहित्यकार उद्दब घिमिरेको आतिथ्यमा सम्पन्न भएको कार्यक्रम पुस्तकालयका अध्यक्ष भरत खड्काले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा पुस्तकालयको आब २०७७/२०७८ को आम्दानी तथा खर्च पनि सार्बजनिक गरीएको थियो जसमा आम्दानी जम्मा रु ११,७७१३४ र खर्च रु ११,४७,११८ भएको र बाँकी बैक मौज्दात रु ३००१६ रहेको छ । कोरना महामारीको समय भएकाले यो आर्थिक बर्षमा पनि सोचे अनुरुप काम नभएको भएपनी शान्तिधाम गुरुकुलममा शैक्षिक सामाग्री हस्तान्तरण , सस्थाको भौतिक संरचना निर्माण , सूचना कर्नर स्थापना , सोर्हौ साधारणसभा तथा पाँचौ अधिबेशन सम्पन्न गरेको तथा सरोकारवालाहरुसग पुस्तकालय लाई अझ राम्रो र ब्यबस्थित बनाउन छलफल गर्ने जस्ता गतिविधिहरु संचालन गरिएको र आगामी दिनमा प्रदेश १ कै नमुना सामुदायिक पुस्तकालय बनाउने र सामुदायिक पुस्तकालयहरु एक ठाउँमा संगठित गर्दै प्रदेश तथा केन्द्रिय स्तरमा एउटै संजालमा रहि आफ्नो बिकास र बिस्तार गर्न सबै सामुदायिक पुस्तकालयहरु बिच प्रतिबद्धता गराउने काम गरिने अध्यक्ष भरत खड्काले बताउनु भयो ।
सामुदायिक पुस्तकालयले समुदायका मानिसको पठन सस्कारको बिकास भएको र हरेक स्थानीय तहमा एक पुस्तकालय निर्माण गर्ने कार्यक्रम स्थानीय सरकारले ल्याउ सके राम्रो हुने अतिथि पुन्य कार्कीले बताउनु भयो ।
मानिसको चेतनामा बिकास नभए समाज समृद्धिको बाटोमा नसक्ने भएकाले पठन कार्य सबै मानिसको चासोको बिषय बन्न जरुरी रहेको हुदा सामुदायिक पुस्तकालय बिकास गरिनु पर्ने अतिथि महेश्वरी राईले बताउनु भयो ।