संसदमा एमसीसी टेबल गर्ने प्रक्रियामा कानुनी अल्झन

एमसीसीमा दलीय सहमति हुन नसकिरहेका बेला संसदमा टेवल गर्ने प्रक्रीयामा पनि कानूनी अल्झन हुन सक्ने देखिएको छ । ५ सय मिलियन अमेरिकी डलर बराबरको सो सम्झौता संसदबाट अनुमोदन गर्ने भनिएपनि संविधानको व्यवस्थासँग बाझिएको र टेवल गर्ने प्रक्रियागत झण्झट रहेको कानूनविदहरुले बताएका छन् । कानूनविद टिकाराम भट्टराईले अन्तराष्ट्रिय आर्थिक सहायता सम्वन्धी सो सम्झौता संविधानको कुन धारामा टेकेर प्रस्तुत गर्ने भन्नेमै द्धिविधा रहेको बताउनुभयो । त्यस्तै, माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले कुन कानूनी व्यवस्थामा टेकेर संसदमा टेवुल गर्ने भन्ने विषयमा सत्तारुढ दलमै अन्योल रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो– एमसीसीका विषयमा दलीय धारणा त फरक छन् नै टेवल गर्ने कानूनी प्रक्रिया पनि अन्यौल छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले भने कार्यव्यवस्था परामर्श समितिको आज बस्ने बैठकबाट टेवल गर्ने प्रक्रीयाको टुङगो लाग्ने बताउनुभयो । दलीय सहमतिका लागि कार्यव्यवस्था समितिको बैठकमा आज अन्तिम पहल गरिने उहाँको भनाई छ ।

यसैबीच सरकारले एमसीसीलाई अनुमोदन गराउने तयारी गरेपछि विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृसंगठनले विरोधका कार्यक्रम आयोजना गरेका छन् । 

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने