आनन्द खड्का
९ मङ्सिर २०७९
सभ्य समाजको पहिचान स् लैङ्गिक हिंसाविरुद्ध को अभियान भन्ने नाराका साथ मङ्सिर ९ गते देखि २४ सम्म देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
लैंगिक हिंसाविरुद्ध को १६ दिने अभियान २०७९ ( २५ नोभेम्बर,२०२२ देखि १० डिसेम्बर २०२२ ) तदानुसार २०७९ मङसिर ९ गते देखि २४ सम्म अन्तर्राष्ट्रिय नारा “UNITE ! ACTIVISM TO END VIOLENCE AGAINST WOMEN AND GIRLS ” का साथ विश्व भरी र राष्ट्रिय नारा “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्ध को अभियान” का साथ नेपालभर मनाइदैछ । यसै सन्दर्भमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाइघाटमा पनि यस १६ दिने अभियानको सुरुवाती दिनलाई सभ्यता र भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रम त्रियुगा नगरपालिका गाइघाट, जिल्ला प्रहरी कार्यालयका उदयपुर, सशस्त्र प्रहरी बल उदयपुर, पशुपति प्रसाद गण उदयपुर,जि.प्र.का. महिला तथा बालबालिका सेल, पत्रकार महासंघ, महिला सहकारी संस्थाहरू, जेष्ठ नागरिक जिल्ला संघ, अपाङ्ग विकास संघ, लोकतान्त्रिक गैसस महासंघ, नेपाल कृषि कुल सदा संघ , जनजाति महासंघ उदयपुर,गैसस महासंघ ,महिला मानवअधिकार रक्षक सञ्जाल ,OCMC उदयपुर ,जाल्पा एकिकृत विकास समाज उदयपुर ,मानवधिकार र वातावरण बिकास केन्द्र,PESOC, WOREC उदयपुर लगायतका विभिन्न लगायतका विभिन्न निकायहरु को समन्वय मा आयोजना गरिएको थियो ।
यस कार्यक्रममा उदयपुर जिल्लामा सक्रिय रहँदै आएका सम्पुर्ण महिला बालबालिका तथा समाजकल्याण र रुपान्तरण का लागि सक्रिय रुपमा लागि परेका सम्पूर्ण अभियान्ता साथै जनप्रतिनिधिहरुको उपस्थितिमा त्रियुगा नगरपालिका गाइघाट बजारमा हिंसा विरुद्धको सचेतनामुलक नारा सहित र्याली प्रदर्शन गर्दै, रौतामाइ गाउपालिका का रुपान्तरण अभियान्ता हरु बाट यौनजन्य हिंसा, घरेलु हिँसा साथै सार्वजनिक स्थलमा हुन सक्ने हिंसा विरुद्धको प्रतिकार गर्ने आत्मरक्षाका सम्बन्धिका शारीरिक प्रहार विधीहरूको पनि प्रदर्शनी गरिएको थियो।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।
फोटोहरु