सयौं पुस्तक अध्ययन गर्दा मेरो उत्कृष्ट पुस्तक “अ- पवित्र रगत”

✒️ विरेन्द्र खड्का

कोरोना महामारीको पहिलो सिजन सगै मेरो साहित्यका पुस्तक पढ्ने बानी पनि बिकास भएको थियो । मेरो साहित्यका पुस्तक पढ्ने रुचि बाल्यकाल देखि नै भए पनि म शिक्षाशास्त्र संकायमा अर्थशास्त्र बिषय अध्ययन गर्ने र हाल काम गैरसरकारी सस्थामा गर्ने भएकाले समयको अभावले मेरो रुचि गुम्सिएर रहेको थियो ।


“अजिङ्गरको आहारा दैवले पुर्याउछ ।”भने जस्तै भयो कोरोना महामारीको कारण लकडाउन भए पछि घरमै बसेर अफिसको काम गर्नु पर्ने भएपछि मेरो दैनिकी पुस्तक पढ्ने काम मा पनि बित्न थाल्यो । घरमा बसेर पढ्न मैले विभिन्न पुस्तकहरु छनौट गरे जसअन्तर्गत इतिहास, राजनीतिक, भूगोल, साहित्यका कथा, कबिता, उपन्यास र यात्रा संस्मरण,आत्माकथा आदि रहेका थिए । मैले हरेक दिन पुस्तक पढ्ने दैनिकीलाई निरन्तरता दिदै गए पुस्तक पढ्नु र पुस्तक भित्रका कथामा रमाउनु र पुस्तकको गहिराईमा पौडिन खुब रमाईलो लाग्न थाल्यो । मैले पढेका १०० भन्दा बढी पुस्तकहरु मध्ये मलाई उत्कृष्ट लागेको पुस्तक राधा पौडेलको दोश्रो कृति अ-पवित्र रगत हो ।

राधा पौडेलको पहिलो पुस्तक खलंगामा हमलाले मदन पुरस्कार पाएको थियो । उनको पहिलो पुस्तक २०६२/२०६३ को जनअन्दोलनमा कणर्ालीको भूगोलमा महिला नर्सले भोगेको मनोसामाजिक सम्वेग र सामाजिक परिबेश लाई झल्काएको पाइन्छ भने पौडेलको दोस्रो कृति ‘अपवित्र रगत’ मलिलाहरुको महिनावारी र महिनावारी बारे नेपाली समाज को अन्धबिश्वास र हालको महिनावारीको परिवेशमा केन्द्रित रहेर राधाले यो पुस्तक आफ्नो अनुभवबाट सुरू गर्दै विभिन्न ठाउँहरुका कथाहरु समेटेकी छिन्।

उनले यो पुस्तकमा आफ्नो पहिलो रजस्वला हुदाको पीडा देखि आफुले घरमा महिनावारी हुदा दिदिहरुले भोगेको कथाहरुबाट सुरु भएको कथा उनले नर्सिङ पढ्दा थेसिसमा महिनावारी लाई नै बिषयबस्तु राखेको साथै नर्सिङ पेसामा राधा पौडेल आफ्नो कामको सिलसिलामा नेपालका विभिन्न गाउँठाउँ पुगेको खण्डमा पार गरेका आरोह- अबरोहहरु पनि ब्यक्त गरेकी छिन ।

उनले ‘मितेरी जैविक स्यानिटरी प्याड’ नामक संस्था सञ्चालनमा ल्याएकी छिन्। यो संस्थाले जैविक स्यानिटरी प्याड उत्पादन गर्दै आएको छ। हाल परीक्षणमा भएकाले बजारमा उपलब्ध भइसकेको छैन।

राधाले आफ्नो यही संस्था मार्फत् हुने विभिन्न अनुसन्धान क्रममा भेटिएका महिनावारीका कथा किताबमा समेटेकी छन्। नेपालमा महिनावारीलाई ’पाप’ को संज्ञा दिनेको अझै पनि ठूलो जमात छ। महिनावारीको रगतलाई अपवित्र मान्दै महिलाहरूमाथि विभेद हुन्छ। पिछडिएका गाउँमा महिनावारी बेला गोठमा बस्दा धेरै महिला र उनका कलिला छोराछोरीले ज्यान समेत गुमाएका छन्।
यस्तै गाउँठाउँका ’महिनावारी कथा’ समेट्दै राधाले आफ्नो दोस्रो कृति सार्वजनिक गरेको पनि उनले पुस्तकमा बताएकी छिन ।

३उक्त पुस्तकमा मैले पाएको मुख्य कुराहरु ः
१. महिलाहरुमा प्राकृतिक रुपमा हुने महिनावारिको समयमा बग्ने रगत लाई अ- पबित्र मान्नु पाप हो ।
२. नेपाली हिन्दु सस्कारमा तिजको पन्चमी व्रत बस्ने महिलाहरुले आफू महिनावारी भएको समयमा आफ्नो पुरुष आफन्तलाई छोएर गरेको पापबाट मुक्त हुन उक्त व्रत बस्ने गरेको हिन्दु सस्कार रहेको पाईन्छ ।
३.पुस्तकको लेखक आफू पनि महिला भएकाले उनले महिनावारी भएको समयमा आफुले घरमा बार्नु पर्ने सस्कारलाई हटाउनको लागि सघर्ष गरेको र अरुले पनि आफ्नो घर बाट नै त्यो अभियान थस्ल्नु पर्ने बताउनु भएको ।
४ नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मा वलिले २०७५ साल बैशाख १ गते रारा ताल बाट देशवासिको नाममा सम्बोधन गर्ने क्रममा महिनावारी हुदा कुनै पनि महिलाले घर बाहिर बस्नु न्स्पर्ने बताउनु भएको थियो ।
५.नेपाल सरकारको २०७५ भाद्र १ गते जारी गरिएको मुलुकी ऐन २०७४ को १६८ को उपदफा ३४ अनुकुल ऐन बनाउने सन्दर्भमा महिनावारी सम्बन्धी ऐन बनाए पनि कति कुरा अपुरो रहेको छ ।
६.दिगो बिकास लक्ष्यको ६ नं.लक्ष्यमा पनि महिनावारीको कुरा समेटिएको छ ।
७. नेपालमा सन २०१४ देखि सुरक्षीत महिनावारी दिवस मे २८ तारिकको दिन मनाउन थालेको छ ।
८. महिनावारी भएको समयमा महिलाहरुले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु पर्ने हुन्छ जसमा सुतिको कपडा, बजारमा पाइने सेनेटरि प्याड, टेम्पुन र कप जस्ता कुरा आफ्नो योनिमा राखी रगत बाहिर बग्न र योनाङ्ग सफा राख्न प्रयोग गर्नु पर्ने हुन्छ ।

यो पुस्तक सुरक्षीत महिनावारी सम्बन्धि अभियानकर्मी साथै महिलाको स्वास्थमा काम गर्ने कर्मचारीहरुको लागि सन्दर्भ सामाग्री बन्न सक्छ । हाम्रो समाज अझैसम्म पनि महिनावारीको समय प्राकृतिक रुपमा बग्ने रगतलाई अपवित्र रगत मानेर आफ्नै दिदी बहिनी आमालै अपहेलित गरि राखेका छौ यो काम सबैले अन्त्य गर्नु पर्छ भन्ने यो पुस्तकको संदेश रहेको छ । त्यसैले मेरो सयौं पुस्तकको अध्ययनमा यो पुस्तकलाई मैले उत्कृष्ट मानेको छु ।

महिनावारी भएको समयमा घर बाहिर राख्ने र अन्य कुरा जबसम्म पुरुषले आबाज उठाउन सकिँदैन तब सम्म हाम्रो समाजमा महिलाले महिनावारी भएको समयमा घरमा महिलामैत्री व्यबहारको अनुभूति गर्न पाउदैनन् ।
’अपवित्र रगत’ पुस्तक काठमाडौं पब्लिकेसनबाट प्रकाशन गरिएको हो। यस पुस्तक को मूल्य ३ सय ५० रूपैयाँ छ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने