उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा न २ भुट्टारमा रहेका सुनकोसि , नवजागृती र रौतामाइ ६ को पुष्पान्जली किशोर किशोरी समुह ले सरस्वती पुजाको अबसर पारेर किशोर किशोरीमा हुन सक्ने हिंसा दुर्ववहार, विभेदलाई न्यूनीकरण गर्न किशोर किशोरीलाई ससक्तिकरण गर्नको लागि विभिन्न अभियानका कार्यक्रम गरेर अभियानको शुरूवात गरेका छन ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको सहयोग र रसुवा माबी भुट्टार र जनता माबी नौलेको समन्वय मा सुनकोसी किशोरकिशोरी समूह नौलेले बक्तृत्वकला , चित्रकला र नृत्य प्रतियोगिता संचालन गरेको थियो भने जनजागृती किशोरकिशोरी समूह भुट्टारले नृत्य र चित्रकला प्रतियोगिता सन्चालन गरेको र उक्त कार्यक्रमको प्रतिस्पर्धामा सफल हुने र सहभागीहरुलाई
पुरस्कार पनि प्रदान गरिएको साथी सहजकर्ता आशिस मल्लले बताए ।
। रौतामाई गाउँपालिका उदयपुरमा वल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारी र गाउँपालिकाको समन्वयमा संचालित सामना परियोजना ८ वटै वडाहरुका २३ वटा समूह बनेको छन। उक्त किशोर किशोरी समुहले नियमित सनिवार सनिवार रुपान्तरण कक्षा संचालन गर्ने र विभिन्न अभियान संचालन गर्ने गर्छन । जम्मा ७०० जना किशोर किशोरीहरु यो अभियान अन्तर्गत समुहमा आबद्ध भएका छन र ४६ जना साथी सहजकर्ताले जीवन उपयोगी सीप सम्बन्धि रुपान्तरण प्याकेजको विभिन्न बिषयका कक्षा संचालन गर्ने गर्छन ।
उक्त समुहहरुले भर्चुअल अभियान अन्तर्गत किशोर किशोरीहरुले विभिन्न सन्देश मुलक प्लेकार्ड सहितको फोटोहरु सकलन गरि सामना- किशोरकिशोरीहरुको रुपान्तरण र संरक्षणका लागि अभियान. नामक फेसबुक पेजबाट पोस्ट गर्ने गरिएको छ।
यस्ता अभियानका कार्यक्रमहरुले समाजमा रहेका किशोरकिशोरीको संरक्षण र ससक्तिकरणमा पक्कै सहयोग पुग्ने भएकाले सबै सरोकार वालाहरुले सहयोग गर्न जरुरी छ ।