सात वटै प्रदेशमा संयोजक तोक्दै सकियो राष्ट्रिय स्तरको आत्म- रक्षा प्रशिक्षक प्रशिक्षण तालिम”

विरेन्द्र खड्का
गाईघाट,२५, चैत्र

मिति २०७७ साल १२ महिना १९ गते देखि २४ गते सम्म छोरीहरुको सवालहरु विशेषगरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि स्थापना भएको “छोरी शिक्षाको लागि राष्ट्रिय संजाल” द्वारा ५ दिने “आत्मरक्षा तालिम” ज्ञान सिकाई प्रयोगशालाले ललितपुरमा द ५ दिने तालिम ७ वटै प्रदेशमा प्रदेश संयोजक तोक्दै सम्पन्न भएको छ ।

उक्त संजालले अन्य विभिन्न संघसस्थाहरु गर्ल्स किक, कुसल नेपाल, ग्लोबल एक्सन नेपाल र ज्ञान सिकाई प्रयोगशालसंग सहकार्य गरी नेपालको सातै वटा प्रदेशबाट ३-३ जना गरी जम्मा २१ र अन्य संघ सस्था का ३ जना गरि जम्मा २४ जना किशोरकिशोरी तथा युवाहरुलाई अनलाइन फारम मार्फत छनोट गरी ५ दिने आत्मरक्षा तालिम संचालन गरेको थियो ।

यस तालिमको समापन समारोहमा तालिमको मुख्य उदेश्य सातै प्रदेशबाट प्रतिनिधित्व गरेका किशोरकिशोरी तथा युवाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षक बनाउने र साथै हरेक प्रदेशमा छोरीहरुको शिक्षासम्बन्धित सवालहरुलाई पहिचान गरी उपलब्ध स्थानीय स्रोत साधनको आधारमा स्थानीय युवाहरुलाई नै परिचालन गरी विशेषगरी छोरीहरु, किशोरकिशोरी तथा युवाहरुलाई शैक्षिकस्तर उकास्न आत्मरक्षा तालिम एउटा सानो पहलको रुपमा संचालन गरिएको कुरा छोरी शिक्षाको लागि राष्ट्रिय संजाल को तर्फबाट बाबु काजि श्रेष्ठले बताउनुभएको थियो !


आत्म-रक्षा सिपलाई जीवन उपयोगी सिपको रुपमा लिन सकिन्छ। जसले गर्दा हरेक मानिसको आफ्नो दैनिक जीवनमा आइपर्ने क्रियाकलापहरुलाई जस्तै सहि ढङ्गले निणर्य लिन , नेतृत्व लिन, आवाज उठाउन, हिंसा, दुर्व्यहार र बलात्कारबाट सुरक्षित रहन महत्वपूणर् भूमिका खेल्छ । साथै छोरीहरुको सशक्तीकरणमा आत्मबल, आत्मरक्षा क्षमता वृद्धि गरी हरेक छोरी, घर, परिवार र समाजलाई शैक्षिक, आर्थिक, मानसिक, सामाजिक, र सास्कृतिक रुपान्तरणका निमित किशोरकिशोरी तथा युवाहरुलाई आफ्नो समुदायमा परिचालन गर्नु अवसर र आवश्यकता दुवै देखिन्छ ।

जसमा प्रदेश १ मा बिबिका कोइराला ,२मा रुपेश यादव , बाग्मतीमा श्रदा खतिवडा, गण्डकीमा कुसुम बि क , ५ मा पुजा बैश्य , कणर्ालीमा दिपेन्द्र ऐडि र सुदुरपश्चिम प्रदेश मा पुजा ओजा रहेका छन । उहाँहरूले आफ्नो प्रदेशका अन्य ब्यक्तिहरुलाई पनि अभियानमा जोड्ने र अभियानलाई सफल बनाउने गर्ल्स किकका अध्यक्ष र कार्यक्रमका प्रशिक्षक निरज न्यौपानेले बताउनुभयो ।

समाजमा रहेका छोरीहरुको सशक्तीकरण र समाज परिवर्तनमा छोराहरुले छोरीप्रति हेर्ने दृष्टिकोण, बुझाइ र गर्ने उनिहरुलाइ गर्ने व्यवहारमा परिवर्तन ल्याउन र महिलामैत्री समाज निर्माणमा छोराहरुको पनि महत्त्वपूणर् भूमिका रहने हुदा यस आत्म- रक्षा पनि तालिममा १६जना महिला र ८ जना पुरुषको पनि सहभागीता रहेको कुरा कुशल नेपालको प्रतिनिधि कुसुम के सी ले बताउनु भयो ।


समाजमा जनचेतनाको अभाव, बेरोजगारी, गरिबीको कारणले निम्ताएको विभिन्न समस्याहरुको का कारण समाजमा जोखिममा छोरी, किशोरी अथवा महिलाहरुको तुलानामा घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दुर्व्यहार आदि छोरा , किशोर तथा पुरुषहरुमा कम रहेको छ । छोरीहरुको सशक्तीकरणको निम्ति छोरीहरुलाई सक्षम बनाउनु पर्छ साथै आत्मरक्षा बारे ७ प्रदेशकै किशोरकिशोरीहरु लाई अभियानमा जोड्ने र नेपालका बिशेष गरि छोरीहरुमा हुने घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दुर्व्यवार तथा बेचबिखन बाट जोगिन आबश्यक पर्ने सीप सिकाउन ७ प्रदेशका किशोरकिशोरीहरुलाई अभियानमा जोड्न ७ वटै प्रदेशमा प्रदेश संयोजक पनि तोकिएको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने