सामाजिक कार्यमा उदाहरणीय बन्दै रामपुर परेली फेसबुक पेज

कोरोनाको बढ्दो संक्रमणलाई रोक्न , बेलका नगरपालिका लगायत अन्य ठाउबाट रोजगारको लागि स्वदेश तथा बिदेशमा रहने युवाहरुले बेलका नगरपालिकाको मुख्य मुख्य चोक बजारमा स्वास्थ्य सामग्री राखेका छ्न्।
रामपुर परेली नामको सामाजिक सन्जाल बाट ग्रुप बनाएर विभिन्न मुलुकमा बस्ने युवाहरूको सहयोगमा कोरोनालाई रोक्न ,सर्न नदिन , हिलटेङ्क ,स्यानिटाइजर ,मास्क लगायत अन्य सामग्री बितरण गरिएको अभियन्ता सागर धमलाले बताए।
हाल बेलका नगरपालिकामा कोरोना संक्रमण एकदमै ज्यादा देखिएकोले युवाहरुले संक्रमणलाई रोक्न सचेत र सुरक्षित रहन यो अभियान थालेका हुन्।


यश अगाडि पनि गतसाल यश सस्थाले कोरोनाको रोक थाम गर्नको लागि विभिन्न कार्यक्रम गरेको थियो भने असाहय ,अपांग, कलाकार हरुलाइ पनि सहयोग गर्दै आएको रामपुर परेलिका प्रमुख संचालक साथै एडमिन उमेस बस्नेतले वताए।
आजसम्म बेलका नगरमा हिलटेङ्क, साबुन मास्क, सेनिटाइजर १० ठाउँमा राखिसकेको र अब बाँकी मुख्य मुख्य चोक , ठाँउहरुमा राख्ने काम सुरु भइसकेको सकेसम्म बेलकामा सेनिटाइज गर्ने योजना रहेको र असहाय , असतmहरुलाई राहत बितरण गर्ने योजना निर्माण भइसकेको कुरा संचालक साथै एडमिन बस्नेतले वताए।


सुरुमा बेलका नगरपालिकाको प्रमुख केन्द्र रामपुर बजारमा राखिएको र कोसिपुल देखि आम्बासी सम्म स्वास्थ सामग्री लगायत अन्य आवश्यक पर्ने कोरोनाको रोकथाम गर्ने औसधि बाड्ने अभियन्ता मनोज पान्डेले वताए।
पछिल्लो समय रामपुर परेली बाट जनचेतनामूलक कार्यक्रम ,खबरदारी ,खोज अनुसन्धान ,बिकासको सवालमा बेलका नगरपालिकाको चासो राख्दै आएको ग्रुप सस्था हो ।
रामपुर परेलि सामजिक ग्रुप द्वारा आयोजित यस रचनात्मक तथा सिर्जनात्मक कार्य तथा अभियानलाई ऐक्यबद्धता जनाइ कोशी पुल वारि राखिएको स्थलका वार्डअध्यक्ष जय कुमार राई स्वयम उपस्थित जनाइ अभियान प्रसंशायोग्य रहेको बताउदै हार्दिक धन्यवाद सहित सस्थाको प्रगतिको कामना समेत व्यक्त गर्नुभएको छ ।

सामाजिक संजालको माध्यम बाट स्थानीय युवाहरु एकजुट भई एउटा राम्रो कामको थालनि भएको छ। आशा छ आउदो दिनहरुमा अझै यस्तै सर्हानिय काम हरु हुनेछन। भबिस्यमा बेलकामा परिआउने भवितव्य जटिल समस्याहरु समेत समाधान गर्नसक्ने छन भन्ने बेलका निबासी स्थानिय बासिन्दाहरुलाइ बिश्वास रहेको बताउछन्।

बाँकी तस्बिर आफै बोल्छ

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने