सुस्मा कुमारी सार्की
मुर्कुचि, भदौ १०
उदयपुरको रौतामाई ७ मुर्कुचीे महिला समुदाय हित केन्द्रको सभा हलमा ओरेक उदयपुरको आयोजना र रौता समुदाय हित केन्द्र रौतामाई ७ मुर्कुचीको सहकार्यमा सार्वजनिक स्थलमा महिला तथा बालिका माथि हुने हिंसाको संवोधनका लागि विद्यालय व्यवस्थापन समिति संग परामर्श बैठक सम्पन्न भएको छ।
परामर्श बैठक लाई कोभिड १९ का कारणले अनौपचारिक हिसाबले सञ्चालन गरिएको थियो । उक्त बैठक मा रौतामाइ गाउँ पालिकामा रहेका निजि तथा सरकारी विद्यालय गरि करिब ६ वटा विद्यालय को वि.व्य.स. का अध्यक्षरु, सदस्यहरु साथै शिक्षाक्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
उक्त बैठक मा ओरेक उदयपुरको कार्यक्रम अधिकारी प्रभा पौडेल र जिल्ला संयोजक पंफा पुरी ले सहजीकरण गर्नु भएको थियो ।
यस्तै गरि बैठक को उदेश्य माथि प्रकाश पार्ने क्रममा कार्यक्रम अधिकारी प्रभा पौडेल ले उक्त बैठक को उदेश्य , लैङ्गिक हिंसा रहित विद्यालय र शैक्षिक वातावरण तयार गर्न वि.व्य.स. संग सहकार्य गर्ने र महिला तथा बालिका का लागि सुरक्षित र सम्मानित सार्वजनिक स्थल निर्माण मा सहजीकरण गर्ने , रहेको जानकारी गराउदै उहाले रौतामाई मा रहेका निजि तथा सरकारी विद्यालयको व्यवस्थापन पक्ष लाई अझ सुनमा सुगन्ध बनाउन कसरी लैङ्गिक हिंसा रहित विद्यालय र शैक्षिक वातावरण तयार गर्ने ? त्यसका लागि सम्पूर्ण वि.व्य.स. का प्रतिनिधिहरु बाट सल्लाह र सुझाव आए राम्रो हुने बताउनु भयो ।
उक्त बैठकको अन्त्यमा सम्पूर्ण वि.व्य.स. को प्रतिनिहरुको सामुहिक छलफलबाट रौतामाइ गाउँपालिकामा रहेका प्रत्येक निजि तथा सरकारि विद्यालय लाई लैङ्गिक हिंसा रहित विद्यालय र शैक्षिक वातावरण तयार गर्न का साथै महिला तथा बालिकाको लागि सुरक्षित र सम्मानित सार्वजनिक स्थल निर्माण मा सहजीकरण गर्न का लागि प्रत्येक विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि प्रभावकारी ढङ्गबाट लागू गर्ने र तालिम प्राप्त लैङ्गिक फोकल शिक्षकको व्यवस्था गर्ने तथा विद्यालय मा हुने हरेक सिकाईहरु लाई फरक– फरक माध्यमबाट छलफल गराउने , महिनावारी भएको बेलामा किशोरीलाई विद्यालयमै रेस्ट रुम को व्यवस्था गर्ने, विद्यालय मा हुने हरेक गतिविधिहरु सकेसम्म किशोरीमैत्री बनाउने लगायतका कुरामा सबै सहभागीरुको प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।