सास गन्हाउने समस्याले धेरै जसोलाई पिरोलेको हुन्छ । भेटघाट, बैठक, कुराकानी आदिमा आफ्नो सास गन्हाउने डरले कतिपय मानिसहरु टाढैबाट बोल्ने गरेका हुन्छन् । तर समाधानको उपाय खासै खोजी गरेको पाइदैन ।
आज हामी तपाईँलाई मुखको दुर्गन्ध हटाउने तथा सास ताजा राख्ने घरेलु उपाय सिकाउछौँ । मुख दुर्घन्धित हुनु र सास गन्हाउने कारण मुखमा हुने ब्याक्टेरिया हो । यो ब्याक्टेरियाले निकाल्ने सल्फर कम्पाउडको कारण हाम्रो मुख तथा सास गन्हाउछ । त्यसबाट मुक्ति पाउनका लागि निम्न उपाय गर्न सक्छौँ :
१.एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।
२. प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।
३. तातो पानीमा नून मिसाएर कुल्ला गर्नुस् ।
४. जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।
५. हरेक दिन खाना खाएपछि तुलसीको पात वा अलैची चबाउने गर्नुस् ।
६. हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुस् ।
७.बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।
८. पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।
९.बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुस् ।