सुधारात्मक शिक्षणका लागि शिक्षक अध्ययन लाईबेरी

कालिकोट सुधारात्मक कक्षा संचालनका लागि नरहरीनाथ गाँउपालिकाका १० विद्यालय २० शिक्षकहरुको सहभागितामा २ दिने तालिम नरहरीनाथ गाँउपालिकाको कुमालगाउँमा समापन भएको छ ।
विद्यालयको सिकाईमा पछाडी रहेका बाल बालिकाका लागि लक्षित गरि विद्यालयमा पुग्न नसकेका, विद्यालय अनियमित रहेका र विद्यालय पुगेका तर सिकाईमा कमजोर रहेका बालबालिका लागि सिकाई सुधारात्मक तालिम आयोजना गरिएको कुरा वालबाविवाह न्युनीकरण परियोजना संयोजक दलसिंह कुमालले बताउनु भयो ।
“हामीले विगत लामो समयदेखी शिक्षण पेशा आबद्घ भएको थियौं, पढाउथ्यौँ, आउथ्यौँ तर सिकाई कति भयो भन्ने कुराको मुल्याङ्कन परीक्षामा पर्खन्थ्यौँ र त्यही आधारमा म कस्तो शिक्षक थाहा हुन्थ्यो तर यो २ दिन बसाईले हामीलाई प्रत्येक मुल्याङ्कन गर्न जरुरी छ, र बालबालिकाका लागि एक शिक्षक जीवनको सबै भन्दा उदाहरणीय, प्रेरणा सबै रहेछ त्यसका लागि हामी शिक्षक अध्ययनशील, मेहनती र सिकाई सिप विधिहरुको जानकारी हुनु पर्दोरहेछ भन्ने अनुभुती भएको छ“ सहभागि शिक्षक अमर बि.कले बताउनु भयो ।
सुधारात्मक कक्षा संचालन गर्ने पर्ने वातारण निर्माण गर्न कसरी र कस्ले कर्यो भन्ने कुराको गहण विचार गर्नु पर्ने सहभागि लक्ष्मी कोइरालाले बताउनु भयो । शिक्षणका लागि अध्ययन सबै भन्दा महत्वपूर्ण कुरा रहेछ हामी पाठ्यक्रम भन्दा बाहिर अध्ययन विषय त सोचेका पनि थिएनौ तर यो बसाई हामीलाई अध्ययनका पनि प्रेरित गरेको छ त्यसैले हामीलाई आयोजक संस्थाले प्रदान यातायात खचलाई बचत गरि रु दश हजार पाँच सय जम्मा गरि शिक्षक अध्ययन लाईबेरी संचालन गर्न लागेको कुरा सहभागि दिनेश विष्टले बताउनु भयो ।
शिक्षक क्षमता अभिवृद्धि तालिम प्रश्चात ३ महिना सम्म तालिम प्राप्त शिक्षकबाट विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने बालबालिकालाई सुधारात्मक कक्षा संचालन गर्ने कुरा बाल संरक्षण परियोजना संयोजक ध्रुवनाथ योगीले बताउनु भयो । तालिम सादा नेपालको आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालन भएको थियो । तालिमको सहजीकरण निरज न्यौपानेले गर्नुभएको थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने