देशकै तेस्रो पर्यटकीय गन्तब्यको रुपमा चिनिने चितवनको सौराहा कोरोना महामारीको कारण सुनसान बनेको छ । पर्यटन ब्यवसायीका अनुसार यो समय पर्यटनका लागि उपयुक्त सिजन हो । तर कोराना महामारीको कारण सौराहाका सबै होटल तथा रिर्सोटहरु पर्यटन विहिन छन् ।
दोश्रो लहरको कोभिडका कारण सौराहाको पर्यटन ब्यबसाय चौपट मात्र बनेन् ब्यवसायीहरु निकै चिन्तित छन् । त्यसमाथि ऋणको भारले ब्यवसायीलाई थप मारमा पारेको गुनासो छ । पहिलो लकडाउन पश्चात तङ्ग्रीन लागेको ब्यवसायलाई दोश्रो चरणको लकडाउनले झनै डामाडोल बनाएको छ ।
जनवरीदेखि वर्षाअघिको समयलाई पर्यटनको पहिलो सिजनका रुपमा लिइन्छ । यो समय चितवनमा ८० प्रतिशत पर्यटक हुन्थे । तर कोरोनाको कारण गत वर्ष र यो वर्ष सौराहा, पटिहानी, जगतपुर र मेघौलीका होटल सुनसान छन् । चितवन आउने पर्यटकमध्ये ४० प्रतिशत चिनियाँ हुने गर्छन ।
चिनिँया पर्यटकको अलावा भारतीय र युरोपेली पर्यटकसँगै आन्तिरिक पर्यटकहरु पनि घुमफिरको लागि आउने गर्दछन् । तर कोभिडको महामारीको कारण यतिवेला कर्मचारी पाल्न नसक्ने अवस्थामा पुगेको एक होटल ब्यवसायी बताउछन् । सौराहामा चरा हेर्नका लागी पनि बाह्य पर्यटकहरु आउने गर्दछन् ।
चरा हेर्नको लागी यो समय उपयुक्त मानिन्छ । जस्का लागि कुल पर्यटकको ४ प्रतिशत पर्यटक चरा हेर्नकै लागी आउने गर्दछन् । त्यसको अलवा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रको अवलोकनसँगै जिप सफारी र हात्ती सयरको लागी पनि पर्यटकहरु यहाँ आउने गर्दथे । तर यतिवेला सुन्दर सौराहा सुनसान छ ।