सूचनाको हकका क्रियाशिल अभियन्ताहरु सम्मानित

उदयपुर, १२ असोज । सूचनाको हक प्रबद्र्धनमा उल्लेखनिय भुमिका खेल्ने सूचनाको हकका पाँच जना अभियन्ताहरुलाई राष्ट्रिय सूचना अयोगले राजधानी काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा पुरस्कृत र सम्मान गरेकोछ ।

सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्त्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सूचनाको हकका अभियन्ता अजयकुमार साह (उदयपुर), डा मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको “विनय कसजू उत्कृष्ट राष्ट्रिय अभियन्ता पुरस्कार” प्रदान गरिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यक्रमको प्रमुख अतिथिको रुपमा सबै अभियन्ताहरुलाई सो पुरस्कार र दोसल्ला सहित सम्मान गरेका थिए । सो अवसरमा आयोजित दीगो विकास लक्ष्य ः सूचनामा पहुँच (१६.१०.२) को अवस्था र कार्यदिशा विषयक राष्ट्रिय विचार गोष्ठीमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव दिनुभयो । उहाँले सूचनाको हक कार्यान्वयनको विषय लोकतन्त्र र सुशासनसँग जोडिएकाले लिने र दिने दुवै जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यबाट सम्पादन हुने काम कारबाहीलाई पारदर्शी तुल्याउन जनता र सबै तहका सरकार सचेत हुनुपर्छ, भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम र लोकतन्त्रलाई सुदृढ तुल्याउन सूचनाको हक कार्यान्वयनले ठूलो योगदान पु¥याउँछ ।” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले जनताले सही सूचना प्राप्त गर्न नसकेमा राज्यद्वारा प्रदान गरिने सेवासुविधा दुरुपयोग हुन सक्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सूचनाको हक सुशासनका लागि चाहिने आवश्यक तत्व हो । राज्यको स्रोत साधनको सही सदुपयोग भए÷नभएको विषय जनताले सूचनाको हक कार्यान्वयनबाटै थाहा पाउने हुँदा यसको भूमिका र महत्व धेरै छ ।”

राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार घटाउन र नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका कामकारबाहीसँग जोडिएको थुप्रै उजुरीको सङ्ख्या बढ्ने क्रमले लोकतान्त्रिक पद्धति सुदृढ मात्र होइन, नागरिक पनि सचेत भइसकेको सङ्केत गरेको छ । सूचनाको हक कार्यान्वयनले राज्यलाई जिम्मेवार र उत्तरदायी बनाउँछ ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सूचनाको हक सम्पूर्ण रुपमा स्थापित गराउन आयोगले अझ बढी घनिभूत र क्रियाशीलरुपमा लाग्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सूचनाको हकलाई कार्यान्वयन गर्न र प्रत्येक सूचना सरोकालवालासँग छिटोछरितो र सरल ढङ्गबाट पु¥याउन मन्त्रालयले केही गृहकार्य गरिरहेको छ ।

कार्यक्रममा अतिथिको रुपमा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोख्रेलले लोकतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहेको सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा सूचना लिने र दिने संस्कृतिलाई व्यवस्थित तुल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।उहाँले भन्नुभयो, “सूचनाले पारदर्शी समाज निर्माण गर्छ, पारदर्शी समाजले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छ । सूचना लिने र दिने प्रक्रिया लोकतन्त्रलाई बलियो बनाउने आयामसँग जोडिएको विषय हो ।”आयोगका सचिव भगिरथ पाण्डेले सबै जनतामा सूचनाको पहुँच विस्तार गर्ने सिलसिलामा आयोगद्वारा भइरहेको प्रयासको जानकारी गराउनुभयो । सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सूचना अधिकारी दयाराम तिवारी (मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका), राजेश चौधरी (जिल्ला हुलाक कार्यालय ताप्लेजुङ) र सरोज खतिवडा जिल्ला हुलाक कार्यालय खोटाङलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने