उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा रहेका किशोर किशोरी हरु निरन्तर सामाजिक सन्जाल फेसबुक बाट विभिन्न सन्देश मुलक भर्चुअल ( पोस्टर , भिडियो , फोटो ) क्याम्पियन चलाउदै आएका छन ।
रौतामाई गाउँपालिकामा वल्ड भिजन ईन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको सामना परियोजना अन्तर्गत बनेका २० रुपान्तरण कक्षा चल्ने किशोरी समुहका किशोर किशोरीहरुले नेपाल सरकारले सेनेटरी प्याडमा कर बढाएको विरुद्धमा पोस्टर मार्फत कर वृद्धि गरेको निर्णय फिर्ता लिनु पर्ने भनी सामना– किशोरकिशोरीहरुको रुपान्तरण र संरक्षणका लागि अभियान नामक फेसबुक पेजबाट पोस्टर बोकेको फोटो पोस्ट गरेर दबाब दिने काम गरिएको छ।
उक्त किशोरी समुहहरुले रौतामाई गाउँपालिकाको ८ वटै वडामा किशोर किशोरीहरुको संरक्षणको लागि उनीहरुलाई उपेक्षा दुव्र्यवहार विभेद र हिँसा बिरुद्द शसक्तिकरण गर्ने उदेश्यले हरेक हप्ता शनिवार रुपान्तरण कक्षा संचालन गर्ने गरिएको र उक्त २० वटा समुहमा ५६० जना किशोरकिशोरी रहेका छन् भने ४० जना साथी सहजकर्ताहरुले उनीहरुलाई सिकाउने गर्छन ।
”हामिले हाम्रो फेसबुक पेजमा यस अगाडि पनि विभिन्न सन्देशमुलक जानकारीहरु सम्बन्धि विभिन्न सन्देश लेखेको पोस्टरहरु भएको फोटो पोष्ट गर्ने गरिएको र सरकारले किशोरी तथा महिलाहरूले महिनावारी भएको समयमा प्रयोग गर्ने सेनेटरी प्याडमा कर बढाएकोले कमजोर आर्थिक अबस्था भएका ग्रामीण समुदायका महिला तथा बिधालय मा अध्यनरत किशोरीहरुले सेनेटरि प्याड किन्न नसक्ने भएकाले सरकारले कर वृद्धिको निर्णय फिर्ता लिनु पर्छ भनी यो कार्यक्रम गरिएको र आगामी दिनमा पनि कर वृद्धिको विरुद्ध मा अन्य कार्यक्रमहरु पनि किशोरी समुहहरुले गर्ने ” भनि बिहानी किशोरी समुहकी साथी सहजकर्ता किशोरी सुस्मा कुमारी सार्किले बताईन ।
सामाजिक संजालको प्रयोग बाट किशोर किशोरीहरुले समय बर्बाद गरिरहेका छन भन्नेहरुको लागि यो एक जबाफ बनेको छ हामिले किशोर किशोरीहरुलाई यस्ता नमुना योग्य अभियानमा लगायौ भने अबस्य पनि किशोर किशोरीहरुको संरक्षण हुनेछ ।
फोटोहरु