स्थानीय चुनावकालागी थपिए तीन नयाँ दल, दलको संख्या १०९ पुग्यो

आगामी बैशाख १० गते हुने स्थानीय चुनावमा सहभागी हुनका निम्ती तिन नयाँ दल थपिएका छ्न् । स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन दलले स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

दर्ता भएका नयाँ दलहरु नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी रहेका छ्न् । योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ को आधारमा नयाँ दल दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मिति २०७८/११/५ को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सूचना प्रकाशन गरेपछि हालसम्म १० (दश) वटा राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन दर्ता हुन निवेदन आयोगले जनाएको छ । निवेदन दिनेहरूमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् । नेपाली काँग्रेस, एमाले र माओवादीलगायतका ठुला पार्टीले भने अझै दल दर्ता गरिसकेका छैनन्।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने