स्थानीय तहमा बालबालिका सम्बन्धि ऐन २०७५ कार्यन्वयन सम्बन्धि जिल्ला स्तरीय छलफल कार्यक्रम सम्पन्न

मिलन परियार
५ माघ २०७९,

उदयपुर, बाल बालिका खोजतलास प्रदेश समन्वय केन्द्र (१०४) बिराटनगर र जिल्ला समन्वय समिती उदयपुर को आयोजना र राष्ट्रिय बाल अधिकार परिषद काठमाडौ साथै वर्ल्ड भिजन ईन्टरनेसनल नेपाल ,जाल्पा एकीकृत बिकास समाजको सहकार्य र कोन्सोर्टियम बाल हेल्पलाईन , नेस्पेक उदयपुर को समन्वय मा जिल्ला को सदरमुकाम गाईघाट स्थित कोहबर होटेल मा जिल्ला का ४ गाउँ पालिका र ४ नगरपालिका गरि ८ वटै स्थानीय तहका उपमेयर तथा बाल कल्याण अधिकारी र बाल बालिकाको क्षेत्रमा कृयासिल संस्था , मानव अधिकारकर्मी , सामाजिक अभियान्ता तथा पत्रकार लाई स्थानीय तह मा बालबालिका सम्बन्धि ऐन २०७५ कार्यन्वयन सम्बन्धि १ दिबसिय जिल्ला स्तरीय छलफल कार्यक्रम जिल्ला समन्वय समितिका समन्वय अधिकारी नबराज खड्काको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बाल अधिकार अबधारणा को बिकासक्रम , बाल मैत्री राष्ट्रिय नीति २०७९ , बालबालिका सम्बन्धि संघीय संरचना , एक बर्ष भित्र प्रदेश नम्बर १ बाल अधिकार विषयका घट्ना भएको मध्य १०५ जना ले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरेको थियो। बाल बालिका लाई आत्महत्या न्यूनीकरण गर्न स्थानीय तहको भुमिका के के रहने बिषयमा बृहत छलफल भएको थियो । साथै स्थानीय तहमा भएका राम्रा अभ्यास हरु, स्थानीय तहमा बालबालिकाका मुख्य सवालहरु, नितिगत ब्यबस्था र अप्ठ्यारा,बालबालिका सम्बन्धी कस्को के भुमिका , अपेक्षा भन्ने बिषयमा समेत समुहगत रुपमा छलफल गरि प्रस्तुतीकरण समेत गरिएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि र बालकल्याण अधिकारीले जोखिममा परेका बालबालिका को खोजतलास तथा संरक्षणमा लागि पर्ने प्रतिबद्धता
समेत गरेका छ्न ।

कार्यक्रममा मन्तव्य राख्दै रौतामाई गाउँपालिकाका उप प्रमुख भुपेन्द्र थापाले भने जनप्रतिनिधि र कर्मचारी नङ र मासुको सम्बन्ध बनाए मात्र बालबालिकाको संरक्षण र सम्बर्द्धन साथै नीति नियम निर्माणमा सहयोग पुग्ने र सोही अनुसार बालबालिका सवालमा काम गर्न सकिने बताए । सोही बिषयमा उनले भने गाउँपालिकाले गर्नु पर्ने बालबालिकाको सवालमा सहयोगको कमि आउन नदिने प्रतिबद्धता गर्छौ । त्यसै गरि कार्यक्रमका अध्यक्ष नबराज खड्काले भने बालबालिकाको बाल अधिकार सुनिश्चित गराउन सरकारी संयन्त्र सहित सरोकारवाला संघ संस्था एकजुट भए मात्र बिपद र जोखिममा परेका बालबालिकाको उद्वार गर्न सकिने बताए ।
कार्यक्रम सन्चालन रुद्र प्रसाद पोखरेलले गर्नु भएको थियो भने सहजीकरण बाल बालिका खोजतलास प्रदेश समन्वय केन्द्र बिराटनगरका समन्वय अधिकृत सुमन अधिकारीले गर्नु भएको थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने