स्थानीय तह निर्वाचनको संघारमा बालबालिकाको तर्फबाट राजनीतिक दलहरुलाई ध्यानाकर्षण पत्र

उदयपुर, चैत्र २५
रौतामाई गाउँपालिकाको बिभिन्न वडाका राजनितिक दलहरुलाई स्थानीय तहको निर्वाचन २०७९ को संघारमा आउदै गरेका चुनावी घोषणा पत्रमा बालबालिकाको क्षेत्रलाई स्थानीय तहको गौरवको क्षेत्रको रुपमा कार्यान्वयन गर्न बालबालिकाको तर्फबाट राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

”स्थानीय तहको निर्वाचन २०७९ को संघारमा तपाईंको पार्टीले हाम्रो समुदायको विकासलाई लक्षित गरि अघिल्ला घोषणा पत्रभन्दा थप प्रगतिशील घोषणापत्र जारि गर्न लाग्नुभएको सुन्न पाउँदा हामी बालबालिका अत्यन्तै उत्साहित छौैं । बालबालिका भाविष्यका कर्णधार मात्र होइन आजका सम्भावना र साझेदार पनि हुन । यही मर्मलाई आत्मासाथ गरी तपाईंको पार्टीको घोषणापत्र व्यवहारतः बालमैत्री बनोस् भन्ने अभिप्रायका साथ हामी यस पालिकाका बालबालिकाको संयुक्त आवाजलाई सुझाबको रुपमा लिनु हुन र बालबालिकाको विकासलाई स्थानीय तहको गौरवको योजनाको रुपमा घोषणापत्रमा राख्दै कार्यान्वयनको दिशामा अघि बढ्नका लागि हामी बालबालिकाको तर्फबाट संकलित साझा सुझावहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।” यसरी बालबालिकाको सामुहिक आवाज लिखित रुपमा तयार पारिएको ध्यानाकर्षण पत्र रौतामाई गाउपालिका ४ कि सृजना राईले राजनीतिक दललाई ध्यानाकर्षण पत्र सुनाइन् साथै बालबालिकाको अधिकारहरु सुनिश्चित नभई कुनै पनि किसिमको समृद्धिको परिकल्पना गर्न सकिन्न । बालबालिकाको सर्वोत्तम हितलाई मध्यनजर गरी उनीहरूका लागि गरिएको लगानीले समृद्ध नेपालको सपना साकार पार्न महत्वपूर्ण योगदान दिन्छ । त्यसैले निर्वाचन घोषणापत्रमा बालबालिकाको सवालहरुलाई उच्च प्राथमिकतामा राख्नुहुन विषेश आग्रह गर्दछौं । बालबालिकामा गरिएको लगानी खर्च नभइ देश विकासको मेरुदण्ड भएकोले बालबालिकामा उचित लगानी हुने सुनिश्चितताका लागि आग्रह गर्दछौ । बालबालिकाका सवालहरूलाई पार्टीको स्थानीय तहको निर्वाचन घोषणापत्रमा समावेश गर्न र सोको कार्यान्वयनमा समेत उच्च प्राथमिकता प्रदान गर्ने कुरामा हामी पूर्ण विश्वस्त छौं । भन्दै बिभिन्न वडाहरुमा बालबालिकाको विकासस्थानीय तहको गौरवको योजनाको रुपमा घोषणापत्रमा सम्मीलित गराउनका लागि बालबालिकाको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएका छन् ।

रौतामाई गाउँपालिका वडा नं. ४ का सामना परियोजना अन्तर्गत रुपान्तरन कक्षा संचालित अन्नपुर्ण, सरस्वति किशोर किशोरी समुहको नेतृत्वमा ४८ जना किशोरकिशोरीहरुले बिभिन्न बुद्धिजीवि र राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा आफनो हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका अन्नपुर्ण किशोर किशोरी समुहको सहभागि किशोरी सृजना राईले बताउनुभयो । त्यस्तै गरी रौतामाई गाउँपालिकाको ६,७ मा पनि बुझाइसकेको र बाँकी सबै वडाहरुमा राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने कुरा बालबालिकाहरुले जानकारी गराए ।

अहिलेको वडा अध्यक्ष र बिभिन्न पार्टीका प्रमुख एबं प्रतिनिधिहरुले बालबालिकाहरुले उठाएका हरेक बुदाहरु जाएज रहेको र अघिल्ला बर्षहरुमा जे जस्तो भएपनि यो पटकको आउदै गरेको चुनावी घोषणा पत्रमा बालबालिकाले उठाएका कुराहरु एबं बुदाहरुलाई मध्यनजर गरी समेटेर पार्टीको घोषणापत्र व्यवहारतः बालमैत्री बनाउने कुरा प्रतिबद्धता जनाउनु भयो । साथै बालबालिकाले बुझाएको यस्तो ध्यानाकर्षण पत्रले बालबालिकाको क्षेत्रमा सहि मार्गदर्शन प्रदान गरेको समेत राजनैतिक दलका प्रतिनिधीहरुले बताउनुभयो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने