हिरो एक्सपल्स २०० को प्रतिस्पर्धामा होन्डाले एड्भेन्चर बाइक एनएक्स २०० ल्याउने

होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा धेरैले हिरो एक्सपल्सको प्रतिस्पर्धामा होन्डाले नयाँ बाइक बजारमा उतार्ने तयारी गरेको बताएका छन् ।

गत वर्ष होन्डाले विभिन्न मोडलका बाइक बजारमा ल्याएको छ । यो वर्ष अन्य बाइकका अतिरिक्त एनएक्स २०० समेत बजारमा उपलब्ध हुने र यसले हाल बजारमा राम्रो बिक्री भइरहेको हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ने बताइएको छ । बजाज र टीभीएस समेत यो सेगमेन्टमा प्रवेश गर्ने तयारी गरिरहेको समयमा होन्डाले पनि यतातिर आँखा लगाएको मान्न सकिन्छ ।

यसको वारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन । तर पनि होन्डाले यो बाइकमा हाल प्रचलित हर्नेट २।० को इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ । सो बाइकमा १८४ सीसीको इन्जिन छ, जसले १७।२ एचपी पावर र १६।१ एनएम टर्क जेनेरेट गर्छ । यसमा टु भल्व, फ्युल इन्जेक्सन सहितको एयरकुल्ड इन्जिन हुनेछ ।

त्यसैगरी यसको डिजाइन हिरो एक्सपल्सकै जस्तो हुनेछ । यसमा फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुनेछ । यसको फ्रेम हर्नेटकै जस्तो हुनेछ भने अफरोडका लागि यसको ह्यान्डल अफरोडका लागि उपयुक्त हुने गरी अलिकति फरक बनाइने छ । त्यसैगरी यसमा स्पोक ह्विल प्रयोग गरिने छ ।

अन्तर्राष्ट्रिय बजारमा होन्डाले यही सेगमेन्टमा सीबी १९०एक्स मोटरसाइकल उपलब्ध गराइरहेको छ । यसका आधारमा कतिपय डिजाइन यसबाट प्रभावित हुने अनुमान समेत गरिएको छ । त्यसैगरी बाइकमा एलईडी हेडलाइट र टेलल्याम्प समेत हुनेछ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने