२७ वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्ग्याउँदै बिल गेट्स दम्पति

बिल गेट्स र मेलिन्डाले २७ वर्ष लामो वैवाहिक सम्बन्ध टुङ्ग्याउने भएका छन् । उनीहरुले आफ्नो सम्बन्ध विच्छेदलाई लिएर एक संयुक्त विज्ञप्ति जारी गरेका छन् । विवाहित जोडिका रुपमा अब आफूहरु अघि बढ्न नसक्ने भन्दै उनीहरुले ट्विटरमा यस्तो घोषणा गरेका हुन् । उनीहरुको पहिलो भेट माइक्रोसफ्टको फर्ममा १९८० को दशकमा भएको थियो । 

माइक्रोसफ्टका को-फाउन्डर र संसारका सबैभन्दा धनी भनेर चर्चित बिल गेट्स र उनकी पत्नी मेलिन्डाका तीन बच्चा छन् । उनीहरुले एउटा फाउन्डेसन पनि बनाएका छन् जसले संसारभरका मानिसको स्वास्थ्य र राम्रो जीवनका लागि काम गरिरहेको छ ।

संयुक्त विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘हामी यो लक्ष्यका लागि अगाडि पनि सँगै काम गर्नेछौं । यद्यपि हामीलाई लाग्छ कि आगामी दिनमा हामी पति र पत्नीको रुपमा सँगै रहने छैनौं । यसका लागि हामी नयाँ जीवन सुरु गर्न गइरहेका छौं ।’

उनीहरुको विवाह सन् १९९४ मा भएको थियो । उनीहरुको पहिलो भेट १९८७ मा भएको थियो । उनीहरुले सन् २००० मा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन बनाएका थिए । कल्याणकारी काम गर्ने उक्त संस्थाले संसारमा परोपकारी काम गर्दै आइरहेको छ ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने