पहेलो धातु सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ निर्धारण गरेको छ ।
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य ९० हजार तीन सय रुपैयाँ निर्धारण गरेको छ ।
मंगलबार छापावाला सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ तोकिएकोमा बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।
यस्तै, चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।