११२ औं अन्तराष्ट्रिय महिला दिवस सम्पन्न विविध कार्यक्रम गरि मनाइयो

शंकर रिखाम मगर
उदयपुर, फागुन २४

“दिगो भविष्यको लागि आजै देखि लैङ्गिक समानता” भन्ने मुल नाराका साथ मनाइएको ११२ औं अन्तराष्ट्रिय महिला दिवस नमुना माध्यामिक विद्यालय मुर्कुचीको प्राङ्गणमा सम्पन्न भएको छ ।
कन्चन महिला बहुउेश्यीय सहकारी संस्थाकी अध्यक्ष कुमारी आले मगरको अध्यक्षता,प्रदेश सभा सदस्य प्रदेश नम्वर १ का माननीय अम्विका थापाको प्रमुख आतिथ्यता साथै पुर्व सभासद विमला मिजारको विशेष आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) उदयपुर तथा जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल र एनसिइ का सचिव अजयकुमार साह,ओरेक नेपालका सचिव सरिता पोखरेल लगाएत विभिन्न सामाजिक संस्थाको प्रतिनिधिहरु र विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले अतिथ्यता रहेको थियो ।

रौता समुदाय हित केन्द्र, कन्चन महिला बहुउेश्यीय सहकारी संस्थाको आयोजना तथा जाल्पा एकिकृत विकास समाज,उदयपुर,वर्ल्ड भिजन,हुरेण्डेक,उदयपुर, शिक्षाका लागि राष्ट्रिय अभियान उदयपुर, ओरेक नेपाल र रौता समाज विकास केन्द्रको सहयोगमा संचालन भएको उक्त कार्यक्रममा लैङ्गिक विवेद आदि जस्ता कूप्रथा र परम्पराले शिक्षामा पारेको प्रभाव र यसको रोकथाममा शिक्षाको भूमिका सन्दर्भमा मा समुदायमा रहेको अगुवा महिलाहरुको नेतृत्वमा सडक नाटक तथा शिक्षामा महिलाको नेतृत्वको आवस्यकता विषयक वकतृत्वकला प्रतियोगिता संचालन गरिएको थियो ।

कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथी अम्विका थापाले नेपालमा पहिले सामन्तिले महिलालाई दासी वनायो,पुरुषहरुले सामन्तवाद गरेर हामी महिलाहरुलाई वच्चा जन्माउने मेशिन जस्तो काम गर्ने मेसिन वनाएको छ, अझै कति दासी वनेर सेवामा समर्पित हुने अधिकारका निम्ती अगाडिी बढ्नु पर्छ । संबिधानले दिएका अधिकार ३३ प्रतिशत हाम्रो अधिकारे सुनिश्चित गरेकोछ । त्यसैले अधिकार पाएकोदिन आज हामीले दिवसको रुपमा मनाउदै आइरहेको बताउनु भयो ।

उमेर नपुग्दै वालविवाह गर्दा आमा र शिशुलाइको स्वास्थ्य, शारिरिक, मानसिक, र सामाजिक रुपमा पर्ने असर वालविवाह गर्दाको कानुनी दण्ड,सजाय र छोरा र छोरीको भिन्नता छोरीहुदा सन्तान तथा वंशनै मासिने र छोरीको लागि दाइजो जस्ता कुप्रथा मासियोस भन्ने सडक नाटक महिला समुहहरु र किशोर किशोरिहरुले प्रस्तुती गरेको थिए ।

वक्तित्वकला प्रतियोगितामा महिलहरुले महिला अधिकार कराएर, चिच्याएर पाउने हैन घरको दिपक्षिय सम्झौता भएपछी अधिकारको कुरा मिल्दै जाने र समाजमा घरेलु हिंसा देखि सामाजिक, आर्थिक, नैतिक र शारिरिक रुपमा हिंसाहुन रोकिन सकेको छैन भन्ने कुरा उल्लेख गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी तथा अतिथिहरुलाई कन्चन व्याग सामुहिक उद्योग द्वारा स्थानीय उत्पादन मायाको चिनो व्याग कन्चन महिला समुहका अध्यक्ष कुमारी आले मगरले हस्तान्तरण गर्नु भएको थियो ।

“दुनियाको पहिचान हो नारी, घरको गहना हो नारी, घरघरमा आमा, छोरी, वुहारी, दिदी बहिनी सम्पुणर् हो नारी ।“ त्यसैले नारिलाई सम्मान गरिनु पर्छ । महिला हिंसा होइन अधिकार वरावारी हुनुपर्छ, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ( एनसिइ ) उदयपुर तथा जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले बताउनु भयो ।

वकतृत्वकलामा महिला समूह तर्फ,७ जना र किशोरी,७ जना सहभागी गरि १४ जनाले सहभागिता जनाएका थिए । जसमा महिला तर्फ वन्दना थापा प्रथम, मिना श्रेष्ठ द्धितिय,सुष्मा सार्कि तृतिय र भुमिका राईले शान्त्वना किशोरी तर्फको सहभागिहरुमा सुनिता तामाङ्ग प्रथम,सन्ध्या वर्माशाखा द्धितिय, श्रेया पौडेल तृतिय रितिष्मा राउत शान्त्वना स्थान हासिल गरेका थिए । विजयी सहभागिहरुलाइ पुरस्कार स्वरुप करुवा सेट र अन्य सहभागिलाई प्रोत्साहन स्वरुप सरसफाई सामग्री र झोला प्रदान गरिएको थियो ।

त्यसैगरी सडक नाटक तर्फ राजावास रुपान्तरण समूह प्रथम र दोस्रो खानिटार समूह रहेकाथिए भने उक्त विजयी समुहलाइ व्याग झोला र सरसफाइ सामाग्री पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने