उदयपुरको दुई विद्यालयको भवन उद्घाटनका साथ हस्तान्तरण ४ जनालाइ सम्मानित

शंकर रिखाम मगर
उदयपुर, भदौ २। उदयपुरको रौतामाइ गाउँपालिका अन्तर्गत पर्ने वडा नम्वर,४ र ७ का दुई विद्यालयलाइ जाल्पा एकीकृत विकास समाज उदयपुरले भुकम्प प्रतिरोधात्मक आरसिसी २/२ कोठे भवन उद्घाटनका साथ हस्तान्तरण गरेकोछ ।
आवि पुवारे विद्यालयका शिक्षक टेकराज रिखामले संचालन गर्नुभएको भवन उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणवहादुर रायाको सभापतित्वमा सन्चालन गरिएकोथियो भने प्रमुख अतिथी रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार मगर र विशेष अतिथिमा निवर्तमान रौतामाइ पालिका अध्यक्ष गजेन्द्रवहादुर खड्का साथै अतिथिहरुमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल प्रतिनिधि गोविन चपाइ, जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल, उपाध्यक्ष केशवकुमार कार्की, कोषाध्यक्ष सुमन परियार र सदस्य हरिवहादुर वस्नेत, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्का,नेकपा एमालेका उदयपुर जिल्ला कमिटिका उपसचिव भरतवहादुर थापासहित छिमेकी सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला अविभावकहरुको वाक्लो उपस्थिती रहेकोथियो ।
हस्तान्तरण गर्ने क्रममा समुदायको मागको आधार र आवश्यकताको आधारमा वर्गिकरण गरि दलित, अति विपन्न र आरसी वालवालिकाहरु अध्ययन गर्ने मुख्य क्षेत्र अन्तर्गत पर्ने विद्यालयलाइ रौतामाइ गाउँपालिकाको समन्वय तथा निर्णयको आधारमा दुर्गम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर,४ को सरस्वती माद्यामिक विद्यालय मालवासे र सुगम क्षेत्र अन्तर्गत पर्ने वडा नम्वर,७ को साना किसान आधारभुत विद्यालय पुवारेगरी २ विद्यालयलाइ दुई दुई कोठे आरसिसी भवन जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलद्वार हस्तान्तरण गरिएकोछ ।
हस्तान्तरणको क्रममा वालमैत्री शिक्षण सिकाइ, सुचना प्रविधी मैत्री शिक्षण सिकाइ भएको छकी छैन ? पालिकाद्वारा स्थानिय जनप्रतिनिधी लगाएत सरोकारवालाहरुले वेला वेलामा अनुगमन गर्न अति आवस्यक देखिएको जाल्पाका अध्यक्ष पोखरेलले औल्याएकोछ । समुदायको मागमा अधारित सुचना तथा सन्चार प्रविधी मार्फत आइसिटी कक्षा सन्चालन आवस्यकता देखिएकोले ताइवानका वालवालिकाहरुले विद्यालय जादा अविभावकले पठाएको खाजा वापतको खर्च आधा रकम वचाइ नेपालका दर्ता भएका आरसी वालवालिकाहरुको सुन्दर र उज्ज्वल भविष्य निर्माणको लागि रकम भेला पारेर पठाएका प्रेम स्वरुप पठाइएको वर्ल्ड भिजन प्रतिनिधि चपाइले वताए । त्यसैले विद्यालय जति सुन्दर र गुणस्तर देखिन्छ, त्यसैगरि शैक्षिक क्षेत्र तर्फपनी पठन पाठनमा सुधारहुदै गुणस्तरिय शिक्षामा अग्रता देखिनु जरुरी देखिएको र उक्त संरचना संरक्षण हुनुपर्ने पनि चपाइले वताए ।
समारोहको अवसर पारेर आयोजक आधारभुत विद्यालय पुवारेले विद्यालय निर्माण चरणका जग्गादाता तर्फ दुर्गवहादुर थापा र स्वर्गीय वलवहादुर सार्किको श्रीमती दैया सार्की साथै डुम्रीथुम्का सामुदायिक वन तर्फवाट नगद सहयोग उपलव्ध गराउने अध्यक्ष चोककुमारी मगर (मनिता) र पुर्व अध्यक्ष कुमारी आले गरि ४ जनालाइ प्रमुख अतिथी, विशेष अतिथीहरुले दोसल्ला र अविरद्वारा सम्मानित गरिएकोथियो ।
स्थानिय डुम्रीथुम्का सामुदायी वनले शिक्षक देखि भवन मर्मत देखि अन्य व्यवस्थापनको निम्ति हालसम्म लगभग १२ लाख रुपैयाँ भन्दा वढी रकम सहयोग स्वरुप नगद उपलव्ध गराइ सकेको सामुदायिक वनका पुर्व अध्यक्ष कुमारी आलेले वताइन । सरस्वती मावी रौतामाइ,४ मालवासे विद्यालयको भवन निर्माणमा ४२ लाख ६ हजार ४९४ रुपैयाँ, कप्युटर सेट तथा सोलार र अन्य व्यवस्थापनमा १२ लाख ५२ हजार ६१० रुपैयाँ गरि जम्मा ५४ लाख ५९ हजार १०४ रुपैयाँ खर्च भएको र रौतामाइ,७ को आवि पुवारेको भवन निर्माण तर्फ ३९ लाख ९३ हजार १५८ र कम्प्युटर ल्याव सहित सोलार साथै विद्यालय व्यवस्थापन अन्तर्गत १२ लाख ८४ हजार ३१० रुपैयाँ गरि जम्मा ५२ लाख ७७ हजार ४६८ रुपैयाँ गरि दुई विद्यालयलाइ कुल १ करोड ७ लाख ३६ हजार ५७२ रुपैयाँ वरावरको सम्पुर्ण योजनाका कामहरु सम्पन्न गरि हस्तान्तरण गरिएको जल्पाका गोल परियोजनाका कार्यक्रम अधिकृत कमलवहादुर कटुवाल र सव इन्जिनियर चुडामुणी मगरले जानकारिदिए ।
भवन निर्माण अन्तर्गत रौतामाइ गाउँपालिकाको तर्फवाट २ वटा भवनलाइ २२ लाख ७२ हजार २१३ रुपैयाँ सहभागिता जनाएको जल्पाका अधिकृत कटुवालले वताए । विद्यालय व्यवस्थापन समितिवाट विद्यालयको वारेमा अलि धेरै सुचनाहरु प्रवाह गरिनु पर्ने र अविभावकहरुले विद्यालयको रेखदेख गरिनु पर्ने भएको वताउदै अनुदानको हिसावमा दातृनिकायले लाखौं रुपैयाको भवन सहित कम्प्युटर ल्यावको व्यवस्थापन भएको हुनाले यस विद्यालयले गर्दा रौतामाइ,७ मा शहरिकरणको रुपमा नमुना वनेको पनि देखिएको र सवै सरोकारवालाहरुले जगेर्णा गर्न आवस्यक देखिएको रौतामाइ गाउँपालिका निवर्तमान अध्यक्ष गजेन्द्रवहादुर खड्काले वताए ।
भवन निर्माण र आइसिटी कक्षा संचालनले मात्र सन्तुष्ट हुदैन किनकी भौतिक पक्षमात्र होइन विद्यालयमा अध्ययन गरिने वालवालिकाको भविष्य सुधार ल्याउनुनै शिक्षाको गुणस्तरिय हो । त्यसैले जिम्मेवारी पक्षहरु स्थानिय पालिका देखि विद्यार्थी, शिक्षक, अविभावक, विव्यास रहेको हुन्छ । गुणस्तरिय शिक्षा वनाउन सर्वपक्षिय सहमती हुन जरुरी देखिन्छ । रौतामाइ गाउँपालिकामा कामगर्ने संघ संस्थाहरुलाइ धन्यवाद दिने शव्दनै छैन त्यसैले रौतामाइ ॠणि र आभारी रहेकोछ । रौतामाइ विजेता जनप्रतिनिधिहरुको मात्र होइन उपविजेता प्रतिनिधिहरुको पनि हो त्यसैले हातेमालो गर्दै योजनाका कामहरु गरेमा सफलहुने रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार मगरले वताए ।

सिफारिस

रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
गाउँपालिका स्तरीय बाल भेला सुरु
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण

सम्बन्धित खबरहरु

kkkk
रौतामाई गा. पा. का २० किशोरकिशोरीलाई १० दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु
E9AE5C18-ADFC-44E2-80DF-3C67DDD3D3AA
उदयपुरमा ३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
pppa
गाउँपालिका स्तरीय बाल भेला सुरु
1686585345723
किशोरकिशोरीलाई सुरक्षा र आत्मरक्षा सीप विकासकालागि तालिम संचालन
348361798_1964829337183141_3747801522224216988_n
रौतामाइ १ को ६३ बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ड्रेस बितरण
PPPPP
नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न
1685866276946
शिक्षामा लगानीको अवस्था र स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
73CA39AC-404E-49A6-B4CF-82CC494A6F48
रौतामाई गाउँपालिकाले बाल विवाह अन्त्यका लागि नीतिगत योजना निर्माण गर्ने