अनिशा सुस्लिङ
ताप्ली गाउँपालिका, उदयपुर
मुक्तक १
तिम्रो लागि सधै खुशिको खबर माग्छु ।
दुइटा मुटु एउटा धड्कन अटाउने घर माग्छु ।
जिवनकै अमुल्य चिज तिमी मलाई दिन्छौ भने प्रिय !
तिमिसँग सधै सधै तिम्रो थर माग्छु ।
मुक्तक २
उस्लाई माया गर्दा लागेको घाउ छ मेरो ।
स्वार्थी समाजले दिएको नाउ छ मेरो ।
जिन्दगी कै पहिलो प्रेममा ठेस लागेपछी,
प्यारालाइसिस भएको पाउ छ मेरो ।
मुक्तक ३
ढल्नै खोज्दा ओत लागेको गललाई भुलेपछी ।
कोपिला ताक्न पुगेछौ फलेको फललाई भुलेपछी ।
आज अचानक बाटोमा भेट्दापनी चिनिन त भन्छौ तिमि,
आखिर चिन्छौ पनि कसरी विगतको पललाई भुलेपछी ।
मुक्तक ४
आफुले आफैलाई भुले मैले पनि त्यही अधिकार खोज्दा ।
प्रेम गरेको मान्छे आफ्नै हुनुपर्छ भनी त्यही अधिकार खोज्दा ।
छेपाराले झै छिन छिन मै रंग बदल्ने बनायौ आज तिम्ले मलाई,
मैले हारे तिम्ले जित्यौ आखिरी पनि त्यही अधिकार खोज्दा ।
मुक्तक ५
छुटाएछु आफ्नै खबर भन्न छुटाएछु ।
तिम्रो बन्ने हर रहर गन्न छुटाएछु ।
तिमी त मेरै बन्छु भन्थ्यौ रे नि ए ! अन्जान मान्छे,
तर अफसोच तिम्रो शहर जान्न छुटाएछु ।